प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

९० ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित २ भारतीय महिला पक्राउ

२०८३-०६-०२

  • A
  • A-
  • A+
Share

मोरङको विराटनगर- १७ स्थितबाट ९० ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित २ जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । असोज ०१ गते  अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री भारत जोग्वनीकी २५ बर्षीया लिजा खातुन र ४० बर्षीया जुली खातुनलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा जुली खातुनको साथबाट ९० ग्राम ८५० मिलिग्राम ब्राउन सुगर बरामद भएसगै दुबै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

 


सम्बन्धित समाचार
लागू औषध सहित १० जना पक्राउ
२०८३-०६-०२

झापा, सुनसरी र धनकुटाबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ०१ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-‍७ का प्रकाश सहनी र राहुल राजवंशीलाई ४ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड- १ का २९ बर्षीय मन कुमार राई र २६ बर्षीया रेखा थापालाई ९५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा धनकुटाको प्रहरी चौकी हिलेले सुनसरी बराहक्षेत्र नगरपालिका-२ का मनिष अधिकारी, अजय साह, भोजपुरका सन्तोष खड्का र पवन रोकालाई ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट सखुवागाछीले इनरुवा नगरपालिका-५ का अर्जुन चौधरी र धनकुटा साँगुरीगढी-९ का प्रबिन राईलाई ९४० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।  

हुण्डी कारोवारमा संलग्न २ जना पक्राउ
२०८३-०६-०२

जिल्ला प्रहरी कार्यालय सुनसरीले हुण्डी कारोवारमा संलग्न मोरङको विराटनगर महानगरपालिका-१५का ५६ बर्षीय शम्भु प्रसाद साह र विराटनगर-१७ का ३५ बर्षीय सुरज प्रसाद साहलाई पक्राउ गरेको छ । हुण्डी कारोवार भईरहेको भन्ने विशेष सुचनाको आधारमा शंकास्पद मानिसहरुको बैंकिङ कारोवार विश्लेषण गर्दै जाने क्रममा शम्भु प्रसाद साह र सुरज प्रसाद साहले अन्य मानिसहरुको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी १ अर्व ५७ करोड ६४ लाख ३९ हजार ३ सय ४० रुपैया ८१ पैसा बरामवरको रकम हुण्डीको माध्यमबाट कारोवार गरेको देखिएको थियो । असोज १ गते पक्राउ परेका दुवै जनाको हुण्डी सम्वन्धी कारोवार गर्न नहुने, संगठीत अपराध निवारण ऐन २०७० र सम्पति शुद्धिकरण निवारण ऐन २०६४  सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।  

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton), २०८३" अन्तरगत कोशी प्रदेश प्रहरी कार्यालय विराटगनरको निरीक्षण
२०८३-०६-०१

“नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८३” अन्तरगत नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)" निरीक्षण अनुगमनको क्रममा पाल्नु भएका नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यू, प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यज्यू सहितको केन्द्रिय मुल्याङ्कन टोलीबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको कार्यालय भवन, सम्पूर्ण शाखाहरुको निरीक्षण तथा अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।

बिभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ
२०८३-०५-३१

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई प्रहरीले खोजतलासको क्रममा पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा भदौ ३० गते मोरङबाट ३ जना, झापाबाट २ जना, ओखलढुंगा, सोलुखुम्बु, सुनसरी र पाँचथरबाट १/१ जना गरी ९ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ८ बर्ष कैद सजाय र ४८ हजार  ६०० रुपैयाँ जरिवाना रकम असुल उपर भएको छ भने कैद भुक्तानको लागी कारागार पठाएको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०५-३१

झापा, मोरङ र पाँचथरबाट लागू औषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ३० गते झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरादह नगरपालिका-४ का बाबुराम मुर्मुलाई १ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी कुटीले बिर्तामोड-२ का समिर बस्नेतलाई ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१ अजय मादेनलाई १ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय पाँचथरले याङवरक गाउँपालिका-२ का बिशाल लिम्बु र हिलिहाङ गाउँपालिका-७ का युवराज विश्वकर्मालाई १४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।