लागू औषध सहित २ जना पक्राउ
२०८३-०१-०८
- A
- A-
- A+
सुनसरी र इलाम जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । वैशाख ७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान उप-महानगरपालिका-८ स्थितबाट धरान-१४ का निश्चल बस्नेतलाई ८३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ भने इलामको प्रहरी चौकी दानबारीले माई नगरपालिका-८ का सन्तोष कुमार गोलेलाई ५ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।