लागू औषध सहित ९ जना पक्राउ
२०८३-०५-०७
- A
- A-
- A+
झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ ।
भदौ ०६ गते झापाको झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट इलाका प्रहरी कार्यालय कुमरखोदले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका-६ शिवगञ्जका २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मुर्मुलाई १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय सुरुङ्गाले कन्काई नगरपालिका-५का २२ वर्षीय सुमनराज प्रसाईं र ३० वर्षीय सिताराम तिवारीलाई २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र ३३ ग्राम ५४० मिलिग्राम गाँजा सहित र इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मे.३ प २८४४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-३ का २१ वर्षीय प्रदीप टुडु, पछाडी सवार २० वर्षीय सचिन दास र बिर्तामोड नगरपालिका-१० का २२ वर्षीय संजित राजवंशीलाई २ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकस्थित पूर्व-पश्चिम राजमार्गबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको संयुक्त टोलीले को २८ प १३५ नम्बरको मोटरसाइकल चालक धरान उप-महानगरपालिका-५ का ३३ वर्षीय प्रेमबहादुर विक र पछाडी सवार ४३ वर्षीय अर्जुन राईलाई ५ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका-७ रतनपुरस्थित रिस्कु–रतनपुर कच्ची सडकको छेउमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको बोराभित्रबाट ७ केलिग्राम गाँजा फेला पारेको छ ।
पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।