लागू औषध सहित ९ जना पक्राउ
२०८३-०८-०१
मोरङ झापा, इलाम, र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ३० गते विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका-४ चोप्राहा नेपाल भारत सिमानाका स्थितबाट पैदलयात्री भारत बिहारका ४५ वर्षीय रघुनाथ पासवान निजको ४० वर्षीया श्रीमती सकुन्तला पासवान र छोरा करण पासवानले लुकाई छिपाई ल्याउदै गरेको २९ ग्राम ४८० मिलीग्राम ब्राउन सुगर सहित तिनैजनालाई नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी गरामनी झापाले ४ ग्राम २२० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड नगरपालिका-८ का ३३ वर्षीय राज कुमार चौधरीलाई पक्राउ गरेको छ । यसका साथै प्रहरी चौकी फिक्कल इलामले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-२ का ३४ वर्षीय बिशाल योगीलाई ८० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय लौकहीले इटहरी-७ का २२ वर्षीय विज्ञान विष्ट र २६ वर्षीय उपेन्द्र चौधरीलाई १ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर सहित, कोशी प्रदेशको प्रादेशिक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानले र धरान उप-महानगरपालिका-८ का २१ वर्षीय अनिश धामीलाई ५२० मिलिग्राम ब्राउन सुगर सहित र धरान-११ का २७ वर्षीय समिर माझीलाई ट्रामाडोल १८५ क्याप्सुल, स्पास्पेन १८५ ट्याब्लेट सहित नियन्त्रमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।