लागू औषध ब्राउन सुगर सहित ९ जना पक्राउ
२०८३-०५-२९
सुनसरी, झापा र मोङबाट भदौ २८ गते लागू औषध ब्राउन सुगर सहित ९ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उपमहानगरपालिका ७ स्थितबाट अस्थाई प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले तेह्रथुम छथर गाँउपालिका ५ बस्ने ३० बर्षीय संजिव दासलाई ब्राउन सुगर ३०० मिलिग्राम सहित पक्राउ गरेको छ । यस्तै सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका ६ ढलान रोड स्थितबाट इलाका प्रहरी कार्यालय लौकही र प्रहरी चौकी नरसिंह टप्पुबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उपमहानगरपालिका ५ वस्ने २२ बर्षीय राज राई र इलाम देउमाई नगरपालिका ६ वस्ने २८ बर्षीय मदन सुवेदीलाई ब्राउन सुगर ८ ग्राम ३९० मिलिग्राम सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीकै हरिनगर गाँउपालिका ६ स्थित भित्री सडक खण्डमा प्रहरी चौकी घुस्कीहाट सुनसरीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्र.१-०२-०५८ प ८३७२ नम्बरको मोटरसाईकलको डिकी भित्र ब्राउन सगुर ६ ग्राम ३३० मिलिग्राम फेला परेसगै चालक हरिनगरा गाँउपालिका ५ सुकसैना बस्ने ५५ बर्षीय श्री नारायण मेहतालाई पक्राउ गरेको छ ।
यसैगरी झापाको मेचीनगर नगरपालिका ६ मेचीडाँडा स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ७ बस्ने २७ बर्षीय रबिन कटवाललाई ब्राउन सुगर ४ ग्राम ६१० मिलिग्राम सहित र बिर्तामोड नगरपालिका ४ बिर्ताबजार बस्ने २०बर्षीय सुमन कर्मकारलाई ब्राउन सुगर ५ ग्राम ८२० मिलिग्राम सहित पक्राउ गरेको छ ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका १६ दरैया स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १२ बस्ने ३२ बर्षीय राजन कामत र विराटनगर महानगरपालिका ३ बस्ने ३१ बर्षीय बिशाल अधिकारीलाई ब्राउन सुगर ५ ग्राम ५३० मिलिग्राम सहित पक्राउ गरेको छ भने मोरङकै पथरीशनिश्चरे नगरपालिका ८ झोलुङगे पुल स्थितबाट अस्थाई प्रहरी पोष्ट कुसलबजारबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका ५ बोहोरा गाँउ बस्ने ३४ बर्षीय जिबन बोहोरालाई ब्राउन सुगर ३ ग्राम २९० मिलिग्राम सहित पक्राउ गरेको छ ।
लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।