लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८३-०६-०९
- A
- A-
- A+
झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । असोज ८ गते चेकजाँचको क्रममा झापाको प्रहरी चौकी टाघनडुब्बाले बाह्रदर्शी गाउँपालिका-६ का घनश्याम अधिकारी र पाँचथर फिदिम नगरपालिका-११ का राजु कुमार मेयोङबोलाई ७ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानीले धरान उप-महानगरपालिका-१० का शिवराज राईलाई ८ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको आवश्यक कानूनी कारवाही भईरहेको छ ।