प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आर्थिक वर्ष २०८१/०८२ मा ६ लाख १६ हजार भन्दा बढी सडक प्रयोगकर्ताहरुलाई ट्राफिक सचेतना, ट्राफिक नियम उलंघन गर्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधन कारवाही, १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैया राजश्व संकलन ।

२०८२-०४-१३

  • A
  • A-
  • A+
Share

कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणका लागी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी तथा प्रत्यक्ष मातहतमा रही कार्य संचालन गर्ने १४ वटा जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सहित ९६ वटा ट्राफिक प्रहरी इकाईहरुबाट दैनिकरुपमा ट्राफिक व्यवस्थापकिय कार्यहरु सम्पादन गरिदै आईरहेको छ । ट्राफिक व्यवस्थानपन तथा सडक दुर्घटनाबाट हुने मानविय तथा भौतिक क्षेतिलाई न्यूनीकरण गर्न बिभिन्न सरोकारवाला निकायहरुसंगको समन्वय र सहकार्यमा ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा कोशी प्रदेशका बिभिन्न स्थानमा २६ हजार २९३ पटक ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । जसबाट ६ लाख १६ हजार भन्दा बढी सवारी चालक, आम सडक प्रयोगकर्ता तथा बिद्यार्थीहरु लाभान्वित भएका छन ।


ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी कोशी प्रदेशका मुख्य तथा सहायक मार्गहरुमा ९३२ स्थानमा सिसि क्यामेरा जडान गरीएको छ भने झापाको झिलझिले, बिराटनगरको दुधफारम र खार्जीमा नम्वर प्लेट डिटेक्टर (ANPR) सहितको सिसि क्यामेरा जडान गरिएको छ ।  लामो दुरीको सवारी साधन तथा भारतिय नम्वर प्लेटको सवारी जाँचको लागि ६ स्थानमा ट्राफिक कम्युनिकेशन एप सहितको चेकजाँच, सार्वजानिक सवारी साधनको गति नियन्त्रणको लागि २१ स्थानमा टाईम कार्ड ईन्ट्री, ट्राफिक जरिवानालाई पारदर्शी बनाउन TVRS  E-challan लागु गरिएको छ भने,  लागु पदार्थ तथा मादक पदार्थ सेवनबाट हुने दुर्घटनालाई न्युनिकरण गर्न कडाईका साथ लापसे र मापसे जाँच तथा तिव्र गतिबाट हुने दुर्घटना न्यूनीकरणको लागी राडरगन सहितको चेकजाँचको व्यवस्था मिलाईएको छ । सवारी निययम उलंघन गर्ने सवारीलाई कार्वाही तथा दुर्घटना न्युनिकरणको लागि दैनिक २३९ भन्दा बढी स्थानमा संयुक्त तथा एकलरुपमा चेकजाँच गरिदै आएको छ ।हेर्दा सामान्य लाग्ने तर त्यही सामान्य लापरवाहीको कारण  हुने दुर्घटनाबाट ठुलो जन धनको क्षति हुन पुग्दछ ।


तिब्र गतिमा सवारी चलाउनु, सवारी चलाई रहेको बेला मोवायल फोनको प्रयोग गर्नु, सिट क्षमता भन्दा बढी यात्रु राखी सवारी चलाउनु, भार वहन क्षमता भन्दा बढी सामान ढुवानी गर्नु, हेलमेटको फिता नबाँध्नु, सिट बेल्ट नलाउनु, मादक पदार्थ तथा लागू पदार्थको प्रयोग गरेर सवारी साधन चलाउनु, थकित अवस्थामा सवारी चलाउनु, यान्त्रिक अवस्था ठिक नभएको सवारी चलाउनु, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाउनु, सडक प्रयोगकर्ताले जथाभावी बाटो काट्नु आदि जस्ता लापरवाहीहरुले नै दुर्घटना हुने गर्दछन । हाल सम्मको तथ्याङकलाई हेर्ने हो भने सवारी दुर्घटनामा चालकको लापरवाही नै मुख्य कारण रहेको पाईन्छ । यसरी लापर्वाही पुर्वक सवारी साधन चलाउदा र लापरवाही पुर्वक सडक प्रयोग गर्दा आर्थिक बर्ष २०८१/०८२ मा कोशी प्रदेशमा ४१८ जनाको  ज्यान गएको छ भने  ७ सय ११ जना गम्भिर र ८ हजार ५ सय ३० जना सामान्य घाईते भएका छन ।ट्राफिक नियम आफ्नै लागी हो, ट्राफिक नियमको पालनाले सवारी चालक, सडक प्रयोगकर्ता, सवारी साधनमा सवार यात्रु सवै सुरक्षित हुन्छन, सवैको सुरक्षित यात्राको लागी ट्राफिक प्रहरी सदैव सडकमै हुन्छ । ट्राफिक प्रहरीले निरन्तररुपमा चालक, सह-चालक, सडक प्रयोगकर्ता, बिद्यार्थी, अभिभावक लगायत सवैमा ट्राफिक नियमको वारेमा प्रशिक्षण प्रदान गर्दै आईरहेको छ । यसरी ट्राफिक नियमको वारेमा जानकार हुँदा हुदै पनि लापरवाही पुर्वक सवारी साधन चलाई ट्राफिक नियम उलंघन गर्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरी १६ करोड २९ लाख ७१ हजार ५ सय ५१ रुपैया राजश्व संकलन गरेको छ ।


ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी एक्लैको प्रयास भने अपुग नै हुन्छ । सवारी चालक तथा सडक प्रयोगकर्ता सबैले ट्राफिक नियमको पालना गरेमा सवारी दुर्घटना न्यूनीकरण अवश्य हुन्छ । ट्राफिक प्रहरी, सडक बिभाग, यातायात व्यवस्था बिभाग लगाएत सरोकार वाला सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो भने सवारी दुर्घटनामा निश्चय नै कमी  आउने छ । अनमोल जीवन सुरक्षित बनाऔ, ट्राफिक नियमको पालाना गरौं, सुरक्षित यात्राको लागी सवैले आ-आफ्नो जिम्मेवारी पुरा गरौ ।

‘म’ जिम्मेवार चालक, ‘हामी’ जिम्मेवार यात्रु, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी  

 


सम्बन्धित समाचार
लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-१०

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ६ जनालाई पक्राउ गरिएको छ । भदौ ०९ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थितमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-००२ ह ९०८३ नम्बरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्दा ई-रिक्शाको ह्यान्डलभित्र लुकाई छिपाई राखेको ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित ई-रिक्शा चालक मेचीनगर नगरपालिका-१० बस्ने १९ वर्षीय सञ्जय दासलाई पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-१ भुटाहास्थितमा विराटनगरबाट कुल्हरियातर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००४ ह ४१३४ नम्बरको ई-रिक्शालाई चेकजाँच गर्दा २६ किलो ३३० ग्राम गाँजा फेला पारी सिटी सफारी चालक सोही स्थान बस्ने १९ वर्षीय विजय कुमार सरबरियालाई सिटी सफारी सहित नियन्त्रणमा लिइएको छ । त्यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-११ भुसकलुवास्थितमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका समीर विश्वकर्मालाई ट्रामाडोल १ हजार ६८० ट्याब्लेट र डाइसाइक्लोमाइन १ हजार ५७० ट्याब्लेट सहित र २४ वर्षीय आशिष सरदारलाई ट्रामाडोल ८० ट्याब्लेट र डाइसाइक्लोमाइन ४० ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी खनारले को २ ह ४९७२ नम्बरको अटोमा सवार धरान उप-महानगरपालिका-२० का २१ वर्षीया अञ्जली राईलाई १० किलो ३० ग्राम गाँजा सहित अटो चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का ५० वर्षीय विजय चौधरीलाई पक्राउ गरिएको छ भने अस्थायी प्रहरी चौकी नयाँ बसपार्कले धरान-५ देउरालीका २२ वर्षीय सूर्य लावतीलाई ट्रामाडोल १५० चक्की, डेकोलिक ५० चक्की र एन्जिन २५-  १०० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । उक्त घटनाहरू सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०५-०९

उदयपुर, झापा, सुनसरी र मोरङबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । भदौ ०८ गते झापाको अर्जुनधारा नगरपालिका-६ महानन्द चोकस्थितबाट इलाका प्रहरी कार्यालय अनारमनीले इलाम चुलाचुली नगरपालिका-१ का २१ वर्षीय सन्जोक लुइटेललाई १ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड नगरपालिका-४ का २४ वर्षीय अरबस अन्सारीलाई ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका-१ अन्नपूर्ण चोकस्थितमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय सुमित पौदारलाई १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मुसहरीटोलस्थितमा हातमा धारिलो हतियार तरवार बोकी स्थानीयलाई त्रसित बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले १८ वर्षीय मनोज मुसहर र जिल्ला सुनसरी रामधुनी नगरपालिका-५ हात्तिसारका ३० वर्षीय मनिराज राईलाई ट्रामाडोल-२१० पिस र नाईट्रोसन - ५० पिस प्रतिबन्धित औषधी र धारिलो हतियार तरवार सहित पक्राउ गरिएको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-०८

उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । उदयपुरको कटारी नगरपालिका-४ स्थितमा ना.७ ख ८१७३ नम्वरको टिपरबाट १ सय ९९ किलो ३२ ग्राम गाँजा  प्रहरीले बरामद गरेको छ । भदौ ८ गते राती विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले कटारी-४ मरुवा खोला स्थितमा बेतिनीबाट कटारी तर्फ आउदै गरेको  ना. ७ ख ८१७३ नम्वरको टिपरलाई रोकी चेकजाँच गर्दा टिपरको डालामा ९ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको अबस्थामा १ सय ९९ किलो ३२ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भए संगै टिपर र चालक  कटारी-४ का सोम मगरलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।  यसैगरी भदौ ०७ गते झापाको प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका-१ बनियाभिट्टा स्थितबाट कचनकवल गाउँपालिका-१ का २४ वर्षीय धिरेन केरुङ, २८ वर्षीय नानुङ लिम्बु, भद्रपुर नगरपालिका-४ का ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राईलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर र मे.३ प २३४१ नम्बरको मोटरसाइकल सहित, अस्थायी प्रहरी चौकी बुट्टाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का ३४ वर्षीय पदम चौधरीलाई २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानस्थित पूर्व-पश्चिम राजमार्गबाट धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का २८ वर्षीय चरन राईलाई ११ किलो १२० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको छ ।  

प्रहरी कार्यक्रम प्रसारण गर्न सुर्योदय टेलिभिजनसंग सम्झौता
२०८३-०५-०८

समाजमा शान्ति सुरक्षा सुदृढ बनाउने तथा आम नागरिकमा सचेतनाको कमिबाट हुने अपराधका घटनाहरुलाई न्यूनीकरण गर्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र सुर्योदय टेलिभिजन बिर्तामोड, झापाबीच "प्रहरी कार्यक्रम" प्रसारण गर्ने सम्झौता भएको छ । भदौ ६ गते बिर्तामोड स्थित सुर्योदय टेलिभिजनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना र सुर्योदय टेलिभिजनको तर्फबाट कर्पोरेट निर्देशक यम नाथ बिमली बीच सुर्योदय टेलिभिजनबाट प्रत्येक शुक्रबार बेलुकी ०६:३० बजे प्रहरी कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, स्थानीय तह तथा सञ्चार माध्यमहरूसँग निरन्तर सहकार्य गर्दै आईरको छ । यसै अभियान अन्तर्गत टेलिभिजन, रेडियो तथा डिजिटल माध्यमहरूबाट नियमित रूपमा प्रहरी कार्यक्रम मार्फत जनचेतनामूलक सामग्रीहरु प्रसारण हुँदा दुर दराज सम्म रहेका नागरिकहरुमा सचेतना अभिबृद्धि भई सुरक्षित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।साथै “प्रहरी कार्यक्रम”लाई अझ बढी परिष्कृत, उपयोगी र जनमुखी बनाउनका लागि यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको लागी कोशी प्रदेश प्रहरी हार्दिक अपेक्षा गर्दछ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०५-०७

झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । भदौ ०६ गते झापाको झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट इलाका प्रहरी कार्यालय कुमरखोदले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका-६ शिवगञ्जका २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मुर्मुलाई १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय सुरुङ्गाले कन्काई नगरपालिका-५का २२ वर्षीय सुमनराज प्रसाईं र ३० वर्षीय सिताराम तिवारीलाई २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र ३३ ग्राम ५४० मिलिग्राम गाँजा सहित र इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मे.३ प २८४४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-३ का २१ वर्षीय प्रदीप टुडु, पछाडी सवार २० वर्षीय सचिन दास र बिर्तामोड नगरपालिका-१० का २२ वर्षीय संजित राजवंशीलाई २ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकस्थित पूर्व-पश्चिम राजमार्गबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको संयुक्त टोलीले को २८ प १३५ नम्बरको मोटरसाइकल चालक धरान उप-महानगरपालिका-५ का ३३ वर्षीय प्रेमबहादुर विक र पछाडी सवार ४३ वर्षीय अर्जुन राईलाई ५ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका-७ रतनपुरस्थित रिस्कु–रतनपुर कच्ची सडकको छेउमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको बोराभित्रबाट ७ केलिग्राम गाँजा फेला पारेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-०६

झापा र मोरङबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । भदौ ०५ गते झापाको बिर्तामोड नगरपालिका-३ स्थीतबाट इलाका प्रहरी कार्यालय अनारमनीले भद्रपुर नगरपालिका-५ का २३ वर्षीय अर्जुन राजवंशीलाई १ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय घैलाडुब्बाले बिर्तामोड -८ सुनौलो बस्तीका ३० वर्षीय विवेक लिम्बुलाई १३० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी टाघनडुब्बाले झापा गाउँपालिका-४ चर्तागाछीबाट शिवसताक्षी गाउँपालिका-९का १७ वर्षीय गौरव चौधरीलाई ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर र नाइट्रोजन ट्याब्लेट १८ पिस प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले कानेपोखरी गाउँपालिका-७ स्थीतबाट पथरी शनिश्चरे नगरपालिका-७ का ३१ वर्षीय विवेक राईलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।