प्रहरी कार्यालय
मोरङको मिक्लाजुङ गाउँपालिका-४ की ३३ बर्षीया प्रकृति राईको करेन्ट लागेर मृत्यु भएको छ । साउन १२ गते बिहान आफ्नै घरको शौचालयमा रहेको बिजुलीको तारबाट करेन्ट लागेर घाईते भएकी राईको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट आवश्यक अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।
झापा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०७ गते सुनसरीको इनरुवा नगरपालिका-३ स्थित निर्माणाधिन पक्की घरमा छत ढलान गर्न फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विधुतको नाङ्गो तारमा छुन पुग्दा कामदार बर्जु गाउँपालिका- ६ का ३५ बर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका-३ का ३२ बर्षीय श्रवण चौधरीलाई करेन्ट लाग्दा घाईते भएकोमा तत्काल उपचारको लागी इनरुवा अस्पताल लगिएकोमा उपचारको क्रममा नन्द कुमार चौधरीको मृत्यु भएको हो भने श्रवण चौधरीलाई थप उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाईएको छ । सोही दिन साँझ झापाको गौरादह नगपालिका- ७ की ७७ बर्षीया तेज कुमारी उप्रेतीलाई आफ्नै गाई गुवालीमा कुटी काट्ने क्रममा अचानक बिधुत सट भई करेन्ट लाग्दा उनको घटना स्थलमानै मृत्यु भएको हो ।
संखुवासभा र मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०५ गते संखुवासभाको चिचिला गाउँपालिका- ३ सोलाखानी स्थित रहेको निर्माणाधिन अरुण तेश्रो जलविद्युत परियोजनाका कामदार कैलाली घोडाघोडिका ४० बर्षीय करण धर पौडेललाई सुरुङ भित्र काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा मृत्यु भएको हो । त्यस्तै मोरङको केराबारी गाउँपालिका- ८ स्थित माहादेब क्रसरमा वल्डिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका गोर्खाका ३५ बर्षीय मंगल चेपाङको उपचारको क्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको छ ।
मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०४ गते मोरङको बेलबारी- ८ स्थितमा रहेको कान्तिपुर वासिङमा वेल्डिङ काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका पर्सा बिरगंञ्जका २५ बर्षीय ईद मोहमद अन्सारीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकोको क्रममा मृत्यु भएको हो । त्यस्तै सुनसरीको इटहरी उप-महानगरपालिका-८ का ७२ बर्षीय तिलक चौधरीले आफ्नै घरमा रहेको साउण्ड सिस्टमको चुडिएको तार मर्मत गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।
झापा र सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०२ गते दिउँसो साढे २ बजे झापाको अर्जुनधारा नगरपालिका- ४ का ३५ बर्षीय दिपक पाण्डेले बिर्तामोड- २ स्थितमा बिजुलिको ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनको बि.एण्ड.सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सुनसरीको रामधुनी नगरपालिका- ६ की १८ बर्षीय स्मृती चौधरीले आफ्नै घरमा रहेको कल चलाउने क्रममा करेन्ट लागी मृत्यु भएको हो । घटना सम्बन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।
खोटाङको बारापोखरी गाउँपालिका-४ की २५ बर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । असार ३० गते बेलुका साढे ९ बजे मोबाईल चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा राईको घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान तथा कानुनी प्रकृया गरीरहेको छ ।
झापाको बिर्तामोड नगरपालिका-१० स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ५३ बर्षीय पुष्प पोखरेल रहेका छन् । असार २९ गते साँझ ८ बजे आफ्नै निर्माणधिन घरमा पानी लगाउनको लागि मोटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको विराटनगर महानरपालिका-१८ स्थित करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । असार १४ गते बिहानको राती साढे १ बजे बिवाहमा डिजे बजाई नाच्ने क्रममा अचानक डिजेकोको तारबाट करेन्ट लागि घाईते भएका सोहि स्थानका बिजय यादवको १७ बर्षीय छोरा अमित यादवलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको इटहरी उप-महानगरपालिका- ७ स्थित माछा मार्ने क्रममा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका- ६ घर भई हाल सोहि स्थानमा कोठा भाडामा बस्दै आएका ३५ बर्षीय देवान राई रहेका छन् । असार ११ गते राती ९ बजे कोठाबाट करिव ५० मिटर टाढा रहेको खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा पुर्याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-११ घुन्सा नुनथला स्थितमा करेन्ट लागेर एक जना विद्युतको कर्मचारीको मृत्यु भएको छ । असार ७ गते दिउँसो विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका सोलु दुधकुण्ड-७ भित्ताखर्क का ३५ बर्षीय रविन बस्नेतलाई उपचारकोलागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बु लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका-७ मदेली खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु भएको छ । जेठ ३१ गते बिहान पौने १० बजे स्थानीय ५८ बर्षीय पुर्ण बहादुर लिम्बु र निजकै ५२ बर्षीया श्रीमती फुलमाँया लिम्बुले मदेली खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट सट हुँदा दुबैजनाको करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।
उदयपुर र खोटाङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । जेठ २९ गते उदयपुरको बेलका नगरपालिका-५ कि १७ वर्षीया दुर्गा कार्की आफ्नै घर छेउमा रहेको कुखुराको फर्ममा काम गर्ने गरिरहेको अवस्थामा करेन्ट लागी घाईते भएकिमा तत्काल उपचारको लागी स्थानिय नगरअस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । त्यसैगरी खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ का ५३ वर्षीय रामेश्वर राईले आफ्नै घरमा बिधुतको तार निकाल्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा मृत्यु भएको हो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको इनरुवा नगरपालिका- ८ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । जेठ २९ गते दिउँसो साढे १२ बजे सोहि स्थानमा Worldlink को तार जडान गर्ने क्रममा उक्त नेटका कर्मचारी इटहरी उप-महानगरपालिका-१४ का २६ बर्षीय मुकेश कुमार चौधरी अचानक करेन्ट लागि घाइते भएकोमा उनलाई जिल्ला अस्पताल सुनसरी इनरुवामा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
झापाको कचनकवल गाउँपालिका-७ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । जेष्ठ २८ गते कचनकवल बैगुनबारी गाउँपालिक-७ का ६५ वर्षीय किर्खनाथ खनाल आफ्नै बारीमा बाख्रा चराउन गएको अवस्थामा आफैले लगाएको करेन्टको तार बारमा परेर करेन्ट लाग्दा उनको घटना स्थलमै मृत्यु भएको हो । घटना सम्बन्धमा जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले घटनाको कानूनी प्रकृया पुरा गरी लाशलाई पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल भद्रपुर पठाएको थियो ।
मोरङको विराटनगर महानगरपालिका-८ स्थित कमलदेव यादबले संचालन गरेको सिटी रिक्सा चार्जिङ सेण्टरमा करेन्ट लागेर रंगेली नगरपालिका-६ का ३५ बर्षीय मनोज यादबको मृत्यु भएको छ । जेठ २२ गते दिउँसो सँवा ३ बजे सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
भोजपुरको भोजपुर नगरपालिका-९ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका-९ का ४२ बर्षीय आङतेम्बा शेर्पा रहेका छन । जेठ २० गते अपरान्ह ३ बजे शेर्पाले पेम्बा छेउलिङ गुम्बामा काँचो बाँसमा झण्डा लगाई टाङने क्रममा उक्त बाँसले अचानक विद्युतीय लाईनमा छुन पुगि करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी अधिकृत सहितको टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान तथा कानुनी प्रकृया भईरहेको छ ।
धनकुटाको धनकुटा नगरपालिका-८ शिवबेशी का ६८ वर्षीय मंगल सिंह राईको करेन्ट लागेर मृत्यु भएको छ । जेष्ठ १ गते आफ्नै खेत बारीमा धान गोडिरहेको आवस्थामा बिद्युतको पोलबाट आचानक तार चुडिएर भुईमा झर्दा राईलाई करेन्ट लागी उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।
पाँचथरको मिक्लाजुङ गाँउपालिका-६ नावाखोला स्थितमा करेन्ट लगाई माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ । वैशाख २७ गते मिक्लाजुङ गाँउपालिका-७ का २० वर्षीय ईसारा थिगिम नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा जनेरेटरमा अचानक करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय रवि पाँचथरबाट खटिए प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया तथा घटनाको थप अनुसन्धान गरीरहेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-१०स्थितमा बिधुतिय करेन्टलागेर नावालकको मृत्यु भएको छ । वैशाख २५ गते विहान स्थानिय उमेश राईको छोरा १८ महिनाको उपदेश राई उनकै छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा मोवाईल चार्ज गर्ने बोर्डमा छुदा करेन्ट लागी घाईते भएकोमा तत्काल उपचारको लागी बिपि कोईराला स्वास्थ्य बिधि बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।
ओखलढुंगाको खिजिदेम्वामा करेन्ट लागेर १ जना र तेह्रथुमको आठराईमा चट्याङले लागेर १ जनाको मृत्यु भएको छ । वैशाख २२ गते ओखलढुंगाको खिजिदेम्वा-८ स्थतिमा बिद्युत लाईन विस्तारको क्रममा ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा सिग्माकोण प्रा.लि. काठमाण्डौका कर्मचारी कैलालीका ३० बर्षीय बिन्दु चौधरीलाई करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको थियो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी टोली खटिगई थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ । सोही दिन अपरान्ह तेह्रथुमको आठराई गाउँपालिका-३ स्थितमा लिम्बु जातिको मन्दिर बनाउने क्रममा हावा हुरी र पानी संगै परेको चट्याङले लागी घाईते भएका स्थानिय ४५ बर्षीय सागर थिङ्लापुको उपचारको क्रममा जिल्ला अस्पाताल पाँचथरमा मृत्यु भएको हो ।
मोरङ जिल्लाको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बैशाख १० गते देश भारत राज्य बिहार जोगवनी टिकुलिया घर भई हाल बिराटनगर-१५ स्थित ससुरालीमा बस्दै आएका ३६ बर्षीय सुरेश चौधरीलाई कोठा भित्र सुति रहेको अवस्थामा ओछ्यान नजिकै राखेको टेवल पङ्खाबाट अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । त्यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका-९ स्थितमा बिजुलीको पोलमा चढेर तार सिपटिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ईलामको चुलाचुलीका २८ बर्षीय राजेश लावती र ईटहरी उप-महानगरपालिका-१७ का ४३ बर्षीय बाल कुमार अधिकारीको घाईते भएका थिए । घाईते लावतीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने अधिकारीको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।
झापा र इलाममा करेन्ट लागेर २ जनाको मृत्यू भएको छ । चैत्र ३० गते झापाको कनकाई नगरपालिका-१ का ६६ बर्षीय तारा बहादुर बिश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागी लैजाने क्रममा बाटोमानै मृत्यु भएको थियो । यसै गरी इलामको माई नगरपालिका-८ का ४६ बर्षीय मदन कुमार राई घरमा कोही नभएको अवस्थामा मोवायल फोन चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत अवस्थामा फेला परेका थिए । घटना सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरीहेको छ ।
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ साहु टोलका सुदिप साह को ३ बर्षीया छोरी चन्दा साहको चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लागेर मृत्यु भएको छ । चैत्र १२ गते दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटि सफारिमा खेल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी बालिकालाई उपचारकोलागी जिल्ला अस्पताल सुनसरी इनरुवा लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको थियो भने शवलाई पोष्टमार्टमको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीको देवानगंज गाउँपालिका-३ का ३५ बर्षीय राजा मेहताको करेन्ट लागेर मृत्यु भएको छ भने निजकै १५ बर्षीय छोरा करण मेहता घाईते भएका छन् । पुस ०२ गते दिउँसो आफ्नै खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका राजा मेहताको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने करण मेहताको न्युरो अस्पतालमा बिराटनगरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
इलामको सन्दकपुर गाउँपालिका-४ सायाङ्बा स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मंसिर २९ गते साँझ विद्युतको पोल माथि तार जडान गर्ने क्रममा ज्यालामा काम गर्ने स्थानीय ३० बर्षीय गोपाल राईलाई एक्कासी करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका उनलाई उपचारकोलागी जिल्ला अस्पताल इलाम लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
मोरङको सुनवर्षी नगरपालिका-४ चैता स्थितमा ३५ बर्षीया रेखा देवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ । मंसिर २३ गते साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी उनलाई रंगेली अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।
झापाको मेचीनगर नगरपालिका-८ स्थित राजपैनीमा करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ । असोज २० गते बिहान स्थानीय ३८ बर्षीय राम कुमार गिरीले घर नजिकै रहेको पैनीमा बिद्युतिय तारबाट करेन्ट सप्लाई गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको B&C अस्पताल बिर्तामोडमा उपचार क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको दमक नगरपालिका-८ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । हिजो बिहान इलामको महमाई नगरपालिका-४ घर भई दमक-८ स्थितमा डेरा गरी सिटि सफारी चलाउदै आएका २६ बर्षीय कमल बुर्जामगरलाई सिटि सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भई करेण्ट लाग्दा घाईते भएका उनको थप उपचारको लागी B&C अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको गौरीगंज गाउँपालिका-२ स्थितमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत सर्टभई करेन्टलाग्दा १ जनाको मृत्यु भएको छ । हिजो बिहान सवा ९ बजे गौरीगंज-२ का ३३ बर्षीय महेश राजबंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लाग्दा घाईते भएका राजबंशीलाई तत्काल उपचारको लागी लाईफलाईन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१४ स्थितमा सवारी दुर्घटनाहुँदा मोटरसाईकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । भाद्र ३० गते राती साढे १० बजे कोशी लोकमार्गमा प्रदेश १-०२-०४४ प ८०८५ नम्बरको मोटरसाईल सडक साईडमा रहेको UP 36 P 2891 नम्बरको ट्रकमा ठक्कर लाग्दा घाईते भएका मोटरसाईकल चालक बिराटनगर-१५ का १८ बर्षीय राजिव मण्डल र मोटरसाईकल पछाडि सवार रहेका बिराटनगर-१० का २५ बर्षीय कृष्ण मण्डलाई उपचारको लागी बिराट नर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा कृष्ण मण्डलको मृत्यु भएको हो । उक्त ट्रक र चालक भारत उत्तर प्रदेशका मक्सुद आलमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।
मोरङको बुढिगंगा गाउँपालिका-५ स्थितमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भागलपुरका ७५ बर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ बर्षीया कुमा देबी मण्डल रहेका छन । भदौ २६ गते बिहान बुढिगंगा-५ स्थितमा कोठा भाडामा लिई खेतीपाती गर्दै आएका दम्पत्तीले खेतमा पानी लगाउन मोटर जडान गरी ट्युवेल चलाउने क्रममा बिधुत सर्ट भइ करेन्ट लाग्दा दुबै जनाको घट्नास्थलमानै मृत्यु भएको हो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि आवश्यक कानुनी प्रकृया गरी लाश पोष्टमार्टमको लागी कोशी अस्पताल पठाएको छ भने घटना सम्वन्धमा अन्य थप अनुसन्धान गरीरहेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका-३ का ३९ बर्षीय डिल्ली बहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको छ । भदौ १८ गते बिहान साढे ५ बजे आफ्नै भैसी गोठमा मोटर खोलेर गोठ सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिष्टको उपचारको क्रममा बिराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट कानुनी कारवाही भईरहेको छ ।
सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा करेन्ट लागेर १ जना पुरुषको मृत्यु भएको छ । हिजो साँझ निर्माणाधिन घरमा वाईरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० बर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी प्राप्तहुनासाथ प्रहरी अधिकृत सहितको टोलीले शवको कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको विराटनगर महानगरपालिका-३ खारजी चौक स्थितमा करेन्ट लागेर स्थानिय ४२ बर्षीय सन्तोष कार्कीको मृत्यु भएको छ । हिजो अपरान्ह बिराटश्री होस्टलका संचालक कार्कीले वेल्डिङ गर्नको लागी फलामको पाईप तान्ने क्रममा पाईपले हाईटेसन लाईनको तारमा अचानक छुन पुग्दा घाईते भएका कार्कीको बिराट टिचिङ अस्पताल गंगाचौकमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको बिराटनगर महानगरपालिका-१५ जतुवा स्थित करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ बर्षीया सरिता देवी यादव रहेका छन् । हिजो अपरान्ह आफ्नै घरको धारामा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएकी उनलाई उपचारको लागि गोल्डेन अस्पताल लगिएकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको छ ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-६ स्थितमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउपालिका-४ का ४० बर्षीय बिष्णु राई रहेका छन् । हिजो दिउँसो दुधकुण्ड नगरपालिका-६ स्थित जंगलमा बिद्युत कार्यालयले हाजिरामा रुखको हाँगा काट्न स्थानिय ४० वर्षीय बिष्णु राई, ५१ वर्षीय कुमार बस्नेत, ३२ वर्षीय पसी शेर्पा र ३२ वर्षीय बुद्धिराज भण्डारीलाई लगाएकोमा रुखको हाँगा काटी सके पश्चात भर्याङ निकाल्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनिहरुलाई उपचारार्थ जिल्ला अस्पताल फाप्लु ल्याएकोमा उपचारको क्रममा बिष्णु राईको मृत्यु भएको हो । अन्य घाईतेहरुको सोही अस्पतलामा उपचार भईरहेको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भईरहेको छ ।
धनकुटाको धनकुटा नगरपालिका-४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका-४ का ६० बर्षीय कुमार राई रहेका छन् । हिजो साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लाग्दा घाईते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा अस्पताल पुर्याउना साथ उनको मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको बुढिगंगा गाउँपालिका- २ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ बर्षीय आकाश ऋषिदेव रहेका छन् । हिजो दिउँसो साढे ११ बजे आफ्नै घर नजिकै रहेको बसता खोलामा खेतीको लागि लगाएको मोटर पम्प सेट चलाउने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनलाई उपचारको लागि बिराट टिचिङ अस्पताल लागिएकोमा उनलाई डक्टरले मृत्यु घोषणा गरेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
इलामको फाकफोकथुम गाउँपालिका-६ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६६ बर्षीय कुल बहादुर बिश्वकर्मा रहेका छन् । हिजो बिहान ९ बजे पानी परिरहेको बेला छाता ओडी गाउँ तर्फ जाँदै गरेको अवस्थमा बाटोमा छाताले बिद्युतको तारमा अचानक छुन पुग्दा करेन्ट लागी उनको घटना स्थलमा नै मृत्यु भएको थियो । मृतक लाशलाई आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम पठाएको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको जहदा गाउँपालिका-१ की ४५ बर्षीया रेवती सरबरीयाको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउँसो ट्युवेलमा जडान भएको मोटर चलाई लुगा धुने क्रममा अचानक बिधुत सर्ट भई करेन्ट लाग्दा घाईते भएकी उनको मकालु अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको बेलबारी नगरपालिका-९ बैराखुनी स्थितमा करेन्ट लागेर ३७ बर्षीय अनिल शेर्पाको मृत्यु भएको छ । हिजो बिहान साढे ९ बजे घर नजिकै रहेको कुखुरा फर्ममा फेन जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको भएको थियो भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरी रहेको छ ।
सुनसरीको ईटहरी उप-महानगरपालिका- १६ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो ४ बजे स्थानीय मोती अन्सारीको १३ बर्षीय कलिन मियाँले कलमा मोटर चलाई पानी खाने क्रममा अचालक करेन्ट लाग्दा घाईते भएका मियाँलाई उपचारको लागि सान्वी सिटी अस्पताल लबिपुर लागिएकोमा उनको मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
मोरङको सुनवर्षी नगरपालिका-४ स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय सरिता देवी दास रहेकि छन् । हिजो बिहान ८ बजे आफ्नै घर भित्र सरसफाई गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकि दासलाई उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।
झापा जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो झापाको दमक नगरपालिका-३ स्थित खोल्सीमा निर्माण भईरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका-११ का ४५ बर्षीय चंख बहादुर सार्कीलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा घाईते भएका उनको उपचारको क्रममा अरनीको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो । सोही दिन बेलुका झापाको कन्काई नगरपालिका- ३ स्थितमा हरिहर पराजुलीको दुई तले घरमा टिनको छाना लगाउने क्रममा कन्काई नगरपालिका- ६ का ३६ बर्षीय राम कुमार श्रेष्ठले फलामको पाईप बोक्ने क्रममा अचानक बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा घाईते भएका श्रेष्ठको उपचारको क्रममा बिर्तासिटि अस्पताल बिर्तामोड मृत्यु भएको हो । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको बेलबारी नगरपालिका-५ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे ११ बजे घरमा जडान गरेको पंखा चलाउने क्रममा अचानक विद्युतसर्ट भई करेन्ट लाग्दा बेलबारी ५ का २५ बर्षीय प्रेम माझी घाईते भएकोमा तत्काल उपचारको लागि कोशी अस्पताल बिराटनगर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको दुहबी नगरपालिका-२ स्थितमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । हिजो साँझा साढे ७ बजे आफ्नै घरमा सिटी सफारी चार्जमा हाली राखेको अवस्थामा कुशुम लाला साहको छोरा ३ बर्षीय दिनेश शाह सोही सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागि बिराट टिचिङ हस्पिटल लगिएकोमा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-८ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० बर्षिय कुमार बि.क. रहेका छन् । हिजो घरमा मार्बल लगाउने काम गरेर निस्कने क्रममा अचानक बिधुतको तारमा छुन पुग्दा करेन्ट लागेर छतबाट लडि घाईते भएका बि.क.को उपचारको क्रममा सामुदायिक अस्पताल हलगढामा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो त्रियुगा नगरपालिकाको सडक लाईन बत्तीमा कार्यरत ४० बर्षीय युबराज राई बिजुलीको पोलमा चढी काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धानभ भईरहेको छ ।
झापाको बिर्तामोड नगरपालिका-२ कच्चुबारी स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान ८ बजे बिर्ताबजार- घैलाडुब्बा भित्री सडक खण्डमा सडक निर्माण कार्यमा काम गर्दै आएका बिर्ताबजार-३ का ४२ बर्षीय धन बहादुर राजवंशीलाई पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
मोरङ र ईलामको छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो २ बजे मोरङको ग्रामथान गाउँपालिका-५ भङसाबारी स्थित बिधानन्द ठाकुरको घरमा नयाँ कल गाडी मोटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका ग्रामथान-३ का ४५ बर्षीय सिरु माझिलाई उपचारको लागि कोशी अस्पताल लागिएकोमा अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको हो । भने ईलामको सुर्यादय नगरपालिका-११ केराबारी स्थित बिजुलीको पोलमा तार जडान गर्न क्रममा अचानक करेन्ट लाग्दा पोलबाट भुईमा झरी घाईते भएका ईलाम-१० का ३५ बर्षीय तिलक राईलाई उपचारको लागि अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
संखुवासभाको धर्मदेबी नगरपालिका ३ मुढेशनिश्चरे स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय तेम्बा शेर्पा रहेका छन । हिजो साँझ मुढेशनिश्चरे स्थितमा रहेको निर्माणाधिन भ्यु टावरको रेलिङ वेल्डिङ गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका शेर्पालाई उपचारकोलागी धरान घोपा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको देवानगंज गाउँपालिका-४ कप्तानगंज स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३५ बर्षीया सपना देवी शर्मा रहेकि छिन् । हिजो अपरान्ह साढे ४ बजे आफ्नै घरमा मोटर जडान भएको ट्युवेल चलाउने क्रममा करेन्ट लागि घाईते भएकि शर्मालाई तत्काल उपचारको लागि स्थानीय मेडिकल लगिएकोमा उनको सोही स्थानमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको मेचिनगर नगरपालिका-४ राई सिङ टोल स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय पुष्ट बहादुर कडरीया रहेका छन् । आज बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढी घाँस काट्ने क्रममा अचानक बिधुतिय करेन्ट लागि घाईते भएका कडरीयाको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको बिर्तामोड नगरपालिका-७ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-७ बाह्रघरेका ४९ बर्षीय खेम श्रेष्ठ रहेका छन । राती साढे ११ बजे पिसाव फेर्नको लागी खाली खुट्टा घर बाहिर निस्केका श्रेष्ठलाई आफैले जंगली हात्तीको आक्रमणबाट जोगिनको लागि घर वरिपरी बिधुतिय करेन्ट प्रवाह गरेको तारमा अचानक छुन पुग्दा करेन्ट लागेको थियो । करेन्ट लागि घाईते भएका श्रेष्ठको बर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्याल अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
ताप्लेजुङको आठराई त्रिबेणी गाँउपालिका-२ सिमलबोटे स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ बर्षीय सुकमाया श्रेष्ठ रहेकी छन् । हिजो अपरान्ह बाख्रा चराउन गएकि सुकमाया अबेर सम्म घर फर्केर नआए पछि खोजतलास गर्दै जाँदा आज बिहान घरभन्दा करिव आधा किलोमिटर टाढा करेन्ट लागि मृत अबस्थामा फेला परेकि हुन । बारीमा लत्रिएर रहेको बिजुलीको नाङ्गो तारमा छुन पुक्दा करेन्ट लागेर मृत्यु भएको अवस्थामा सुकमाया फेला परेको भनि स्थानियले अस्थायी प्रहरी चौकी फुलबारीमा जानकारी गराउना साथ तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली खटि घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-१५ ज्यामिटार स्थितमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा २८ बर्षीया पार्वती बिश्वाकर्मा रहेकि छन । हिजो बिहान साढे १० बजे आफ्नै बारीमा कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुन पुग्दा उनलाई करेन्ट लागि घटना स्थलमा नै मृत्यु भएको थियो भने उनका श्रीमान रुपेश बिश्वाकर्मा श्रीमतीलाई बचाउन खोज्दा करेन्ट लागी घाईते भएका थिए । घाइते बिश्वाकर्माको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।
उदयपुरको कटारी नगरपालिका-२ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी-२ का ३० बर्षीय दिल कुमार थापा मगर रहेका छन् । हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका-२ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर-६ का ३० बर्षीय राम मण्डल रहेका छन । हिजो बेलुका ४ बजे मण्डलले घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले बिधुतको हाईटेन्सन तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मण्डलको बिराट मेडिकल कलेज गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-५ बिरेन्द्र चोकमा रहेको अम्वर श्रेष्ठले संचालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका-२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका-१ झापाका २६ बर्षीय चुन बहादुर सुनार, अर्जुनधारा-१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम-१ पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बु रहेका छन । गत असोज १७ गते बिहान कंचन मनि ट्रान्सफरमा ४ जनाको समुह पेस्तोल सहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ बर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिव ३४८ तोला सुनका बिभिन्न गरगहनाहरु र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैया समेत डाँका गरी भागेको घटना सम्वन्धमा तत्काल प्रहरी परिचालन गरी खोज तलासको क्रममा संलग्न ३ जनालाई सुनको बिभिन्न गरगहना १४३ तोला र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैया र १ थान पेस्तोल सहित पक्राउ गरिएको हो भने गजेन्द्र लिम्बुलाई खोज तलासको क्रममा २४ गते बेलुका पाँचथरको फालेलुङ-८ स्थितमा लुकिछिपि बसेको स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्मानित ताप्लेजुङ जिल्ला अदालतबाट डाँका मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मोरङको उर्लाबारी नगरपालिका-१ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका-२ मोरङका ३५ बर्षीय उद्धब परियार रहेका छन । हिजो अपरान्ह ३ बजे आसिस समि नारायण साह जे.बी. कन्ट्रक्सन द्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थितमा करेन्टलागि १ जनाको मृत्यु भएको छ । हिजो बेलुका पैने ४ बजे बिधुत प्रसारण लाईनको तारमा अचानक बिधुत सर्ट भई आगलागि हुँदा बिधुतको एउटा तार जली भुईमा झर्दा स्थानिय ६५ बर्षीय रमेश राईलाई करेन्ट लागेर घाईते भएका थिए । घाईते राईलाई तत्काल उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे लगिएकोमा उनको अस्पताल पुर्याउना साथ मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ५ बजे नेपाल बिधुत प्रधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी दित्तेल रुपाकोट मझुवगढी-४ का ४० बर्षीय नबिन्द्र राईलाई तीनधारे स्थितमा बिधुतको पोलमा लत्रिएको तारलाई मिलाउने क्रममा करेन्ट लागेर घाईते भएका थिए । घाईते राईको स्थानिय सनराईज हस्पिटल बुईपामा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको भद्रपुर नगरपालिका ७ का ४० बर्षीय भोटलाल गणेश राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका राजबंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा हिजो बेलुका साढे ५ बजे मृत्यु भएको थियो । झापा मेचीनगर नगरपालिका ४ स्थित आमडागीमा रहेको ईलाम टि प्रोडुसर प्रा.लि. को भबन बनाउने मजदुर रहेका राजबंशी सोही निर्माधिन भवन नजिकै रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा हिजो पुर्वान्ह साढे ४ बजे करेन्ट लागी घाईते भएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
पाँचथर तुम्बेवा गाँउपालिका २ मेवागाँउ स्थित अन्न पिस्ने मिलबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिल संचालक सोही स्थान बस्ने ३८ बर्षीय जिवन मगर रहेका छन् ।हिजो दिउसो २ बजे चलिरहेको मिलमा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा गम्भिर घाईते भएका जिवनको हिजो बेलुका पौने ९ बजे घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ भने उनलाई करेन्ट लागेको देखेर उद्धार गर्ने क्रममा सोही स्थानका ३५ बर्षीय पुर्ण बहादुर मगर समेत सामान्य घाईते भएकाले सोही अस्पतालमा उपचार भईरहेको छ ।घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।
संखुवासभाको चैनपुर नगरपालिका-६ स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ४ बजे चैनपुर-६ स्थितमा बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाईन मर्मत गर्ने क्रममा उक्त हाईड्रोपावरका प्लान अप्रेटर राप्ती गाउपालिका-३ दाङका २५ बर्षीय दिपक न्यौपानेलाई करेन्ट लागि घाईते भएकोमा तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । मृतक लाशलाई पोष्टमार्टमको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-८ देउखुरी स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ५ बजे स्थानिय ६५ बर्षीय मन्तु चौधरीले कलमा जडान भएको मोटर चलेको समयमा कल चलाउँदा अचानक करेन्ट लागि गम्भिर घाईते भएकोमा तत्काल उपचारको लागी जिल्ला अस्पताल गाईघाट लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।
धनकुटा र सुनसरीमा हिजो करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । हिजो साढे १० बजे धनकुटा छथरजोरपाटी गाँउपालिका १ हातिखर्क मावि बुङका २९ बर्षीय लक्ष्मण लिम्बु छिमेकीको घरको बिजुली बनाउनको लागी बिजुलीको पोलमा चढ्दा करेन्ट लागी मृत्यु भएको छ ।यसै गरी हिजै दिउसो सँवा १ बजे सुनसरी ईनरुवा नगरपालिका १ पुर्व टोल का ४४ बर्षीय कुलदेव सदाले आफ्नो घरको कोठामा रहेको सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा साढे १ बजे जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
झापाको गौरिगंज गाऊपालिका ५ फत्तेपुर बस्ने शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।आज बिहान ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाक प्रहरी कार्यालय गौरिगंजबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दि बस्ने ३७ बर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ ।हिजो बेलुका साढे ७ बजे घर अगाडी कलमा पानीको मोटर चलाई नुहाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएकी श्रेष्ठको घोपा धरानमा उपचार क्रममा हिजै राती सँवा ९ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मेहेताटोल स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि स्थानीय ४० बर्षीय जिवानन्द मेहेता गम्भिर घाईते भएका थिए । घाईते मेहेतालाई उपचारको लागी जिल्ला अपताल सुनसरी लगिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
भोजपुरको भोजपुर नगरपालिका-१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका-७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापाको सोहि स्थानमा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको हो । मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरा गरी घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
खोटाङ दिप्रुङ चुईचुम्मा गाउपालिका-७ स्थितमा बिधुतको नाङ्गो तारमा छुदा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ४ बजे उदयपुरबाट खोटाङको दिलैचि मात्तिमबिर्ता तर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढी यात्रुको समान झार्ने क्रममा सोही बसका धनी तथा कन्टेक्टर उदयपुर रौतामाई गाउपालिका-४ का २६ बर्षीय प्रताप खड्काले बिधुतको नाङ्गोतारमा छुन पुगी करेण्ट लागि भएकोमा तत्काल उपचारका लागि उदयपुर अस्पताल लगिएकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको हो । चालक उदयपुर त्रियुगा नगरपालिका-१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।
झापाको हल्दिबारी गाउँपालिका-२ पशुपति चोक स्थितमा करेन्ट लागि एक जनाको मृत्यु भएको छ । आज बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक हल्दिबारी-५ का ४८ बर्षीय बिक्रम तामाङ घाईते भएकोमा तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाटथप अनुसन्धान भईरहेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका १५ कृष्णपथमा करेन्टलागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ बर्षीय मौसम प्रधान रहेका छन् । हिजो बेलुका ६ बजे पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागी छतबाट भुइँमा लडी घाइते भएका उनको उपचारको लागि घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।
मोरङको रतुवामाई नगरपालिका-९ स्थितमा पानी तान्ने ट्युवेलमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्व रुकुम घुमे गाउँपालिका-७ का २५ बर्षीय मदन श्रेष्ठ रहेका छन । हिजो बेलुका ६ बजे रतुवामाई-९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउदा करेन्ट लागि घाईते भएका थिए । निजलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।
तेह्रथुमको फेदाम गाउपालिका-१ का ५२ बर्षीय अम्बर बहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ । हिजो मध्यान्न १२ बजे छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा निजलाई कटेन्ट लागी घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक स्थानिय महाकाली मा.बि. को प्रधानाध्यापक रहेको, घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भैरहेको छ ।
मोरङ रतुवामाई नगरपालिका २ डोरिया स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका २ डोरिया का २१ बर्षीय निरन्जन कुमार सिंह रहेका छन् । आज बिहान साढे ११ बजे घरको टिनको छानोबाट बिजुलीको तार हटाउने क्रममा करेन्ट लागि घाईते भएका सिंहलाई उपचारको लागि रंगेली अस्पताल पुर्याउदा साढे १२ बजे चिकित्सकले मृत्यु भएको जानकारी दिएका हुन् । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।
झापाको झापा गाऊपालिका ६ भृकुटी चौक की ६२ बर्षीया हरिमाया बि.क.को करेन्ट लागी मृत्यु भएको छ ।हिजो बेलुका साढे ३ बजे हरिमायाको आफ्नै बारीबाट नरिवलको हाँगा बोकी आउने क्रममा घरको बिजुलीको मिटरबाट निस्केको तारलाई बोकेको हाँगाले चुडाउदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।
सुनसरीको दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका १० वसियनपार्कका ४५ बर्षीय धन प्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका १० घर भई हाल ईटहरी उपमहानगरपालिका १७ स्थित दिदिको घरमा बस्दै आएको १४ बर्षीय दगेन्द्र तिमल्सिना रहेका छन् ।आज दिनको ३ बजे घरको पिलर लगाउने क्रममा भाईब्रेसन मेसिनबाट करेन्ट लागी घाईते भएका तामाङको उपचारको बिराट टिचिङ ल्याएकोमा अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो भने तिमल्सिनाको आज बेलुका ४ बजे घर नजिकै नहरको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागी घाईते भई उपचारको लागी बिराट टिचिङ अस्पताल लादा लादै बाटैमा मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
मोरङ उर्लाबारी नगरपालिका ७ कुलुङ चोकका ७२ बर्षीय रघुनाथ खतिवडाको करेन्ट लागेर मृत्यु भएको छ ।आज बेलुका ५ बजे कलको मोटर खोली कल चलाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
उदयपुरको रौतामाई गाऊपालिका ८ खमारेका ४१ बर्षीय डम्बर बहादुर मर्स्याग्री मगरको करेन्ट लागेर मृत्यु भएको छ ।हिजो बिहान साढे ९ बजे घर नजिकै बाँस काट्ने क्रममा अचानक बिद्युतको मेन लाईनको तारमा बासले छुन गई करेन्ट लागी मगरको घट्नास्थमै मृत्यु भएको थियो ।घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।
झापा भद्रपुर नगरपालिका १० केन्द्र मोड की ५४ बर्षीया कल्पना राईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ८ बजे आफ्नै घरबाहिर हात्ती धपाउन राखेको बिजुलीको तारमा अचानक छुन गई करेन्ट लागी मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।