बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०८-०८
- A
- A-
- A+
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ११ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा मंसिर ०७ गते ताप्लेजुङबाट ४ जना, धनकुटा २, झापा २ र सुनसरीबाट ३ जनालाई पक्राउ गरेको हो ।