लागू औषध सहित ९ जना पक्राउ
२०८३-०८-०८
- A
- A-
- A+
सुनसरी र झापाबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र अस्थायी प्रहरी बिट हलगडाबाट खटिएको प्रहरी टोलीले सुनसरीको इटहरी-५ बाट मोरङ सुन्दरहरैचा-१० का २७ बषीय मन्जिल तामाङलाई ४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी रेल्वेले धरान-११ का अनिल तामाङ, सुरज बि.क, अभिषेक तामाङ र विशाल रसाइलीलाई ३१० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय धरानले धरान-१३ का अभिषेक राईलाई ट्रामाडोल ७० चक्की सहित पक्राउ गरेको हो । त्यसै गरी इलाका प्रहरी कार्यालय दमकले दमक -९ का युनिक श्रेष्ठ र काठमाण्डौ महानगरपालिका-१० का सहिल के.सी.लाई २ ग्राम ६५० मिलीग्राम ब्राउन सुगर सहित र दमक- ५ की गिता देवी रायलाई ७ ग्राम ८७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।