प्रहरी चौकी सिद्धपोखरी संखुवासभाको भवन उद्घाटन
२०८३-०६-२०
- A
- A-
- A+
संखुवासभाको चैनपुर नगरपालिका-३ स्थितमा रहेको प्रहरी चौकी सिद्धपोखरीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । असोज २० गतेसज २ आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा नव निर्मित प्रहरी चौकीको समुद्घाटन भएको हो । भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधनको क्रममा प्रदेश प्रहरी प्रमुख खनालले प्रहरीलाई भवन प्राप्त भए संगै यस क्षेत्रमा बसोवास गर्ने आम नागरिकहरुमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा प्रहरीले प्रदान गर्ने सेवा थप प्रभावकसारी र गुणस्तरीय हुनेमा सम्पूर्णमा विश्वस्त दिलाउनु भयो । उहाँले नव निर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बर्द्धन सबैको साथ र सहयोगको आवश्यक रहेको वताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि खनालले प्रहरी चौकीलाई जग्गा उपलव्ध गराउनु हुने जग्गा दाता स्थानिय सुदन खत्री, खड्ग बहादुर मगर र चन्द्र बहादुर न्यौपाने तथा भवन निर्माण कार्यमा सहयोग पुर्याउनु हुने महानुभावहरुलाई कदरपत्रद्वारा सम्मान गर्नु भएको थियो । नव निर्मित डेढ तल्ले सुबिधा सम्पन्न कार्यालय भवन नेपाल सरकारको नियमित बजेट २ करोड ३२ लाख ५२ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक ई. रोसन सारु, चैनपुर नगरपालिकाका उप-प्रमुख एलिना श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली, सशस्त्र प्रहरी बल नेपाल नं.४ गुल्म हे.क्वा. अरुणका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक भवराज कटवाल, विभिन्न संघ संस्था, राजनैतिक दलका प्रतिनिधीहरु, पत्रकार, स्थानीयबासी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।