भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८३-०६-०९
- A
- A-
- A+
कोशी
प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी
निरीक्षक दिवश रिमाललाई २०८३ साल भदौ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।
विभागीय
मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र
व्यावसायिकता प्रदर्शन गर्दै आफ्नो पदीय कर्तव्य वहन गर्ने क्रममा प्रहरी निरीक्षक
दिवश रिमालले भदौ ५ गते इलाम नगरपालिका-७, कुलधारा स्थित
कुवेर प्रसाद शर्माको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सोही स्थानका ४७ बर्षीय रामसी डोम ट्याङ्की
भित्र अचेत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक दिवश
रिमाल समेतको प्रहरी टोली तत्काल उक्त स्थानमा खटि प्रहरी निरीक्षक दिवश रिमालले
जोखिम मोलेर सेफ्टी ट्याङ्की भित्र प्रवेश गरी अचेत अवस्थामा रहेका रामसी डोमलाई
सकुशल उद्धार गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै अनुशासित, व्यवसायीक र कर्तब्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लिन रही उच्च मनोवलका साथ
आफ्नो कर्तव्य वहन गरी आम सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभुति गराउन तथा आम
नागरिक माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिका लागि उल्लेखनीय कार्य सम्पादन
गरेको हुँदा निज प्रहरी अधिकृतबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३
साल भदौ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।