बिभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-०९
- A
- A-
- A+
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ४ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ८ गते झापाबाट १ जना, मोरङबाट १ जना, सुनसरीबाट १ जना र धनकुटाबाट १ जना पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १ वर्ष ६ महिना २८ दिन कैद सजाय र २३ हजार रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।