आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न
२०८३-०६-०७
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा असोज ०७ गते आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल तथा कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरूका साथै प्रदेश अन्तरगत रहेका मातहत कार्यालय प्रमुखहरू बिच कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रममा प्रहरी कार्यालयका प्रमुखहरूले वार्षिक लक्ष्य, कार्ययोजना र उपलब्धि मूलक प्रहरी सेवा प्रदान गर्ने साथै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन सम्झौता पत्रमा हस्ताक्षर गर्नुका साथै समयमै लक्ष्य पुरा गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खनालले प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा उपस्थित कार्यालय प्रमुखहरूलाई प्रहरीको सेवालाई चुस्त दुरुस्त बनाउन, योजना र कार्यक्रम समयमै कार्यान्वयन गर्न तथा आम नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी प्रहरी सेवा प्रदान गर्न यो कार्यसम्पादन सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा प्रहरी कार्यालयहरूले सक्रियताका साथ कार्यसम्पादन सम्झौतामा उल्लेख भएका वुँदाहरुमा आधारितरही प्रहरी कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भयो । यस सम्झौता बमोजिम कार्यालय प्रमुखहरूले गरेका कार्यहरूको प्रगति विवरण त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा कोशी प्रदेश प्रहरी कार्यालयमा पठाउनु पर्ने छ ।
साथै नेपाल प्रहरी संगठन प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुख बिच आर्थिक वर्ष २०८२/०८३ मा भएको वार्षिक कार्य सम्पादन सम्झौतामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ८६.३६ प्रतिशत लक्ष हाँसिल गरी सर्वोत्कृष्ट प्रदेश प्रहरी कार्यालय हुन सफल भएको छ भने कोशी प्रदेश प्रहरी प्रमुख र कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु बिच आर्थिक वर्ष २०८२/०८३ मा भएको वार्षिक कार्य सम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय संखुवासभाले ९४.३८ प्रतिशत लक्ष हाँसिल गरी सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय हुन सफल भएको छ ।