अवैध पाउडर दुध बोकेको पिकअप गाडी सहित २ जना नियन्त्रण
२०८३-०६-०९
- A
- A-
- A+
सुनसरीको इनरुवा नगरपालिका-३ डाँडाटोल स्थितबाट अवैध पाउडर दुध बोकेको पिकअप गाडी सहित २ जनालाई प्रहरीले नियन्त्रण लिएको छ । असोज ८ गते राती जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १-०१-००२ च १८६४ नम्बरको पिकअप गाडीमा भन्सार छलि ल्याएको ३ सय ३० किलोग्राम पाउडर दुध (करिव २ लाख ६४ हजार मुल्य बराबरको) बरामद गरेको थियो । अवैध दुध बरामद भए संगै उक्त पाउडर दुध र पिकअप गाडी सहित ओसार पसारमा संलग्न चालक सुनसरी देवानगंज-२ का ४३ बर्षीय ज्ञानदेव मेहता र इटहरी-५ का ४० वर्षीय अर्जुन खड्कालाई नियन्त्रणमा लिएको छ । बरामद भएका पाउडर दुध र पिकअप गाडी सहित संलग्न व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाईएको छ ।