प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट

२०८३-०५-२४

  • A
  • A-
  • A+
Share

भोजपुर र उदयपुर जिल्लाका बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरि नष्ट गरेको छ । भदौ २३ गते भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका-३ र ९ वडाका बिभिन्न एरियाहरुको पाखाबारीमा करिव २ रोपनी क्षेत्रफलमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका २ हजार ५० वटा गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट गरेको छ भने उदयपुरको अस्थायी प्रहरी चौकी मैनामैनीले बेलका नगरपालिका-७ स्थित बारीमा आफै उम्रिएका २ हजार वटा गाँजाको बोट र बेर्ना फडानी गरी जलाई नष्ट गरेको छ ।


सम्बन्धित समाचार
लागू औषधमा संलग्न २ भारतीय नागरिक सहित ६ जना पक्राउ
२०८३-०५-२४

झापा र सुनसरी जिल्लाबाट लागू औषध ओसार पसार तथा बेचबिखनमा संलग्न २ भारतीय नागरिक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २३ गते झापाको दमक नगरपालिका-२ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारत अररियाका १९ बर्षीय महमद फिरोज र २५ बर्षीय चन्दन कुमार मण्डललाई ४१ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका-११ का आदित्य दर्जीलाई ४९ मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको इलाका प्रहरी कार्यालय पकलीले इटहरी-१६ की गंगा कुमारी थरुनी, इटहरी- ७ का समिर चौधरी र विरेन चौधरी समेतलाई ३१० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १२ जना पक्राउ
२०८३-०५-२३

झापा, मोरङ, सुनसरी र इलामबाट लागू औषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २२ गते सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-२ का ४० बर्षीय कर्ण बहादुर राईलाई २५ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर र प्र.०१-०२-०५१ प ४८०१ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय इटहरीले इटहरी- १० का मनोज शिबु मण्डललाई ३९० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले १९० मिलीग्राम ब्राउन सुगर सहित इटहरी- १७ का अबु खानलाई पक्राउ गरेको छ ।  सोही दिन  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय  इटहरीले इटहरी-७  का दिनेश चौधरीलाई ब्राउन सुगर ८७० मिलिग्राम र गाँजा ३ किलो ९४० ग्राम सहित उनकै घरबाट पक्राउ गरेको छ, भने झापाको इलाका प्रहरी कार्यालय सुरुङगा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले कनकाई- ४ का रोशन चौधरीलाई १० ग्राम ५६० मिलिग्राम सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका- ११ का गोबिन्द श्रेष्ठ र बिर्तामोड- ११ का कृष्ण बहादुर प्रधानलाई ९ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- ५ की जमुना चौधरीलाई  १ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित उनकै घरबाट पक्राउ गरेको छ भने उर्लाबारी- ४ का मान बहादुर परियार र गौरव विश्वकर्मालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले गाँजा १ किलो २८० ग्राम सहित पक्राउ गरेको छ । इलामको प्रहरी चौकी फिक्कलले सुर्योदय नगरपालिका- ८ का मिक कुमार तामाङ र रोशन तामाङलाई ८६० मिलिग्राम ब्राउन सुगर र प्र.१-०१-००१ ह ८७४७ नम्बरको अटो सहित पक्राउ गरेको छ । पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०५-२२

मोरङ र झापा जिल्लाको बिभिन्न स्थानहरुबाट भदौ २१ गते लागू औषध सहित ५ जनालाई पक्राउ गरीएको छ । मोरङको उर्लावारी नगरपालिका-२ स्थितबाट सोही स्थानका ३१ वर्षीय सुक राज दर्जी र २२ वर्षीय सुदिप धिमाललाई २ ग्राम ८० मिलिग्राम लागू औषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय उर्लावारीले पक्राउ गरेको छ । यसैगरी प्रहरी चौकी शनिश्चारे झापाले अर्जुनधारा नगरपालिका-७ स्थितबाट मे १ ह २४४३ नम्बरको अटो चालक सोही स्थानका ३३ वर्षीय सागर दर्जीलाई ७९० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ भने प्रहरी चौकी शरणामती झापाले ६ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर सहित शरणामती-६ का २५ वर्षीय प्रेम प्रसाद खनाललाई झापा गाउँपालिका-६ स्थितबाट पक्राउ गरेको छ । यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका-२ का २१ वर्षीय जनक माझीलाई १६ ग्राम  ब्राउन सुगर सहित भद्रपुर-३ स्थितबाट पक्राउ गरेको हो । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

अवैध सामान बरामद
२०८३-०५-२२

सुनसरीको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको युरिया मल, राजनिवास, रजनिगन्दा र सुर्ती लगायतका सामानहरु प्रहरीले बरामद गरेको छ । भदौ २१ गते राती विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीबाट खटिएको प्रहरी टोलीले भारत बाट अबैध रुपमा भन्सार छलि गरी देवानगंज गाउँपालिका-१ स्थितमा लुकाई छिपाई ल्याई राखेको अन्दाजी मुल्य ३ लाख १६ हजार ४ सय रुपैया बराबरको १ सय २८ बोरा युरिया मल र को ५ प ९१२० नम्बरको मोटरसाईकल बरामद गरेको छ भने जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट बेबारिसे अवस्थाको राजनिवास, रजनिगन्दा र सुर्ती गरी जम्मा १ लाख २ हजार  बराबरको अवैध सामान फेला पारी नियन्त्रणमा लिएको छ । बरामद गरिएका अन्दाजी ४ लाख १८ हजार ४ सय बराबरको सामानहरु आवश्यक कारवाहीको लागी सेतुवन्धु भन्सार कार्यालय कोशी व्यारेज पठाईएको छ ।