अवैध सामान बरामद
२०८३-०५-२२
- A
- A-
- A+
सुनसरीको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको युरिया मल, राजनिवास, रजनिगन्दा र सुर्ती लगायतका सामानहरु प्रहरीले बरामद गरेको छ । भदौ २१ गते राती विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीबाट खटिएको प्रहरी टोलीले भारत बाट अबैध रुपमा भन्सार छलि गरी देवानगंज गाउँपालिका-१ स्थितमा लुकाई छिपाई ल्याई राखेको अन्दाजी मुल्य ३ लाख १६ हजार ४ सय रुपैया बराबरको १ सय २८ बोरा युरिया मल र को ५ प ९१२० नम्बरको मोटरसाईकल बरामद गरेको छ भने जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट बेबारिसे अवस्थाको राजनिवास, रजनिगन्दा र सुर्ती गरी जम्मा १ लाख २ हजार बराबरको अवैध सामान फेला पारी नियन्त्रणमा लिएको छ । बरामद गरिएका अन्दाजी ४ लाख १८ हजार ४ सय बराबरको सामानहरु आवश्यक कारवाहीको लागी सेतुवन्धु भन्सार कार्यालय कोशी व्यारेज पठाईएको छ ।