प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सिटि सफारी लक्षित “सुरक्षित चालक” पोशाक वितरण

२०८२-१०-२६

  • A
  • A-
  • A+
Share

सुरक्षित चालक अभियान कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटि सफारी (ई-रिक्सा) चालकहरुलाई  “सुरक्षित चालक” पोशाक वितरण गरिएको छ । माघ २६ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा विराटनगर महानगरपालिका-१ स्थितमा आयोजित कार्यक्रममा  विराटनगर महानगरपालिका क्षेत्र भित्र संचालनमा रहेका सिटि सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार, मर्यादित बनाई व्यवस्थितरूपमा सञ्चालन गरी  सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटि सफारी चालकहरुलाई  “सुरक्षित चालक” पोशाक वितरण गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि घिमिरेले सवारी चालक अनुमति पत्र प्राप्त गरी नियमअनुसार सवारी सञ्चालन गर्ने चालक नै सुरक्षित चालक भएकोले सवारी दुर्घटना न्यूनीकरणमा चालकलाई जिम्मेवारी बनाउन पोशाकले  थप भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । बर्दीमा भएका प्रहरी जसरी नियममा रहेका हुन्छन् त्यसरीनै सुरक्षित चालकको जिम्मेवारी लिएका सिटी सफारी चालकहरुले ट्राफिक नियमको पालना गरी यात्रु सुरक्षालाई उच्च प्राथमिकतामा राखी आफुलाई दिएको पोशाकको कदर गरी अमर्यादित र नियम बिपरीतको कार्यहरु नगर्न अनुरोध गर्नु भयो । मन्तब्यकै क्रममा प्रमुख अतिथि घिमिरेले ट्राफिक प्रहरी कर्मचारीहरुले सवारी चालक, सह-चालक तथा सडक प्रयोगकर्ताहरु प्रति समान ब्यवहार गर्दै प्रभावकारीरुपमा ट्राफिक व्यवस्थापन मिलाई सवारी दुर्घटना न्यूनिकरण गरी ट्राफिक प्रहरीको छविलाई उच्च बनाउन निर्देशन दिनु भयो । 

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले विराटनगर महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सिटी सफारीलाई लक्षित गरी ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने उद्देश्यले सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटी सफारी चालकहरूलाई “सुरक्षित चालक” पोशाक प्रदान गरिएको बताउनु भयो । छोटो दूरीको यात्राका लागि उपयोगी रहेको सवारी साधन ट्राफिक नियम उल्लंघन गरी असुरक्षित तरिकाले सञ्चालन गरेको  कारण दुर्घटनाको जोखिम हुने भएकाले चालकको पोशाकको प्रयोगले ट्राफिक नियमको पालना बढ्ने तथा सवारी दुर्घटना न्यूनीकरणमा कमी आउने साथै सिटी सफारी सञ्चालनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै आम यात्रुको सुरक्षामा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शन्तोष न्यौपानेले कोशी प्रदेशको राजधानी तथा औद्योगिक क्षेत्र रहेको विराटनगरमा सिटि सफारीलाई व्यवस्थित रुपमा सञ्चालन गरी सवारी आवागमन सहज बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न  सुरक्षित चालक अभियान कार्यक्रम अन्तरगत सिटि सफारीका चालकहरुलाई चालक पोशाक वितरण गरिएको  बताउनुभयो । वहाँले सिटि सफारीलाई दर्ता गर्दै अभिलेखीकरण गरेर चालकहरुलाई ट्राफिक नियम तथा सुरक्षित सवारी संचालन सम्बन्धी नियमित अनुशिक्षण तालिमहरु समेत प्रदान गरीने बताउनु भयो ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलालले महानगर क्षेत्र भित्र सञ्चालनमा रहेका सिटि सफारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन स्थानीय तह सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । यसै गरी सिटि सफारी चालक संघका प्रतिनिधि भगवान बस्नेतले सिटि सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार बनाई सवारी दुर्घटना न्यूनीकरण गर्न चालक पोशाक प्रभावकारी रहेको बताउनु भयो  ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरे लगायत अतिथिहरुले चालक पोशाकको अनुमोदन गर्नुका साथै विराटनगर महानगरपालिका क्षेत्र भित्र संचालनमा रहेका सवारी चालक अनुमति पत्र प्राप्त सिटि सफारीका चालकहरुलाई ट्राफिक नियमको पालना गरी सुरक्षित यात्राको कामनाका साथ नम्वर सहितको “सुरक्षित चालक” लेखिएको ज्याकेट वितरण गर्नु भएको थियो ।

कार्यक्रममा यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख गोपाल दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कट्वाल, महेन्द्र मोरङ बहुमुखी क्याम्पसका उप-प्राध्यापक मनिता भण्डारी, पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठक, विकल्प एण्ड अल्टरनेटिभका अध्यक्ष बसन्त अधिकारी, आईटी ईन्जिनियर सन्देश पोखरेल, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, शिक्षक तथा विद्यार्थीहरु, सिटि सफारी चालक संघका प्रतिनिधि तथा चालकहरुको उपस्थिति रहेको थियो ।

 


सम्बन्धित समाचार
लागू औषध सहित ९ जना पक्राउ
२०८३-०८-०८

सुनसरी र झापाबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र अस्थायी प्रहरी बिट हलगडाबाट खटिएको प्रहरी टोलीले सुनसरीको इटहरी-५ बाट मोरङ सुन्दरहरैचा-१० का २७ बषीय मन्जिल तामाङलाई ४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी रेल्वेले धरान-११ का अनिल तामाङ, सुरज बि.क, अभिषेक तामाङ र विशाल रसाइलीलाई ३१० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय धरानले धरान-१३ का अभिषेक राईलाई ट्रामाडोल ७० चक्की सहित पक्राउ गरेको हो । त्यसै गरी इलाका प्रहरी कार्यालय दमकले दमक -९ का युनिक श्रेष्ठ र काठमाण्डौ महानगरपालिका-१० का सहिल के.सी.लाई २ ग्राम ६५० मिलीग्राम ब्राउन सुगर सहित र दमक- ५ की गिता देवी रायलाई ७ ग्राम ८७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०८-०६

झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ ।मंसिर ५ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का ३० वर्षीय देब बहादुर पुलामीलाई १ ग्राम ९०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी, मोरङको पथरीशनिश्चरे नगरपालिका-४ का २४ वर्षीय कैलाश तामाङ र २३ वर्षीया अनिसा तामाङलाई ४ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र निट्जासेन्ट १२८ क्याप्सुल प्रतिबन्धित औषधि सहित प्रहरी चौकी कुशेचौरी मोरङले पक्राउ गरेको छ ।त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय दुहबीले प्र.१-०२-०५३ प ४७२९ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा चालक धरान उपमहानगरपालिका-२० का २१ वर्षीय गौरव राईलाई २१ किलो ९८० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगञ्जले देवानगञ्ज गाउँपालिका-३ का २२ वर्षीय सन्तोष कुमार राम, भारतको अररिया निवासी २१ वर्षीय सन्दिप कुमार पासवान र २५ वर्षीय दिनदयाल पासवानलाई बि.आर. ५० ए.ई. ३६५५ नम्बरको भारतीय मोटरसाइकलमा सवार रहेको अवस्थामा ३ किलो ८०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय रामधुनी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-१ का २५ वर्षीय विवेक चौधरीलाई १ ग्राम २५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय धरानले धरान-८ का ३२ वर्षीय सुशिल परियारलाई ट्रामाडोल ३६४ क्याप्सुल र स्पासपेन ३६४ ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ ।लागू औषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भईरहेको छ ।

कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८३-०८-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरमा कार्यरत प्रहरी निरीक्षक अस्वीन तोलाङ्गेलाई २०८३ साल कात्तिक महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र व्यावसायिकता प्रदर्शन गर्दै आफ्नो पदीय कर्तव्य वहन गर्ने क्रममा प्रहरी निरीक्षक अस्वीन तोलाङ्गेले जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ३ जगना स्थित गिदेरी खोलाको कासघारीमा १४ बर्षीय नावालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाई फरार भएका प्रतिवादी समिर परियारलाई खोजतलाश गर्ने क्रममा फेला पारी पक्राउ गरी सफल अनुसन्धान गरेको, जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ९ रामपुर बजारमा पैदल यात्री बर्ष ५६ की लक्ष्मीमाया राईलाई ठक्कर दिई निजको मृत्यु भएको सवारी ज्यान मुद्दामा दुर्घटना गराई फरार भएको बोलेरो गाडी र चालक प्रेम बहादुर बि.क. लाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको साथै जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ७ स्थित पित्लाङ जङ्गलबाट बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको २,८२०.५० के.जी. लागू औषध (गाँजा) फेला पारी बरामद गरेको र सोही स्थानमा अं. ६ रोपनी क्षेत्रफलमा रहेको २,२०० बोट गाँजा फडानी गरी नष्ट गर्ने समेतको सम्पूर्ण प्रक्रियागत कार्य अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ तवरले उच्च मनोवलका साथ सम्पन्न गरी सफल अपराध अनुसन्धान र लागू औषध नियन्त्रणमा अनुकरणीय योगदान गरी प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिका लागि उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा निज प्रहरी अधिकृतबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल कात्तिक महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।

लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८३-०८-०४

झापा, सुनसरी र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । मंसिर ३ गते झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-६ का मनिष शर्मा र डिक बहादुर शर्मालाई १ ग्राम ४७० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय झिलझिलेले दमक-७ का भिम सागर न्यौपानेलाई ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीले उदयपुर चौदण्डिगढी नगरपालिका-५ का उदित नरायण चौधरीलाई ८ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका-७ का आषिश लिम्बुलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०८-०४

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । मंसिर ०२ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टा र इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-८ का ४२ वर्षिय दिलिप राजवंशीलाई १ ग्राम ७०० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलिले मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का १८ वर्षिय दिपेश रिसिदेवलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित, मोरङ केराबारी नगरपालिका-८ का १७ वर्षिय सुहन रम्तेललाई १ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित र ईलामको रोङ गाउँपालिका-१ का २३ वर्षिय रचित भट्टराईलाई ४ ग्राम ४६० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।