लागू औषध सहित १५ जना पक्राउ
२०८३-०८-०९
सुनसरी, झापा र इलामबाट लागू औषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०८ गते सुनसरी जिल्लाको बिभिन्न स्थानहरुको सम्बन्धित एरिया इलाकाहरुबाट खटिएको प्रहरी टोलीले ५९ ग्राम ८८४ मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान-५ का आशिश बिश्वकर्मा, इटहरी- ५ का सुरेश राई, थाम्पुहाङ राई, धरान-११ का प्रकाश तामाङ, धरान-८ का रविन तामाङ, विराटनगर-४ का सुधिर प्रसाद खनाल, इटहरी-१६ का अनिराज चौधरी, इटहरी-६ का राम थापा, पथरी शनिश्चरे- ७ का अनिमिश शिवा र फर्वा गुरुङ रहेका छन् ।
त्यस्तै झापाको कन्काई नगरपालिका-३ बाट इलाका प्रहरी कार्यालय सुरुङ्गाले कन्काई-४ का अनिल चौधरीलाई २ ग्राम ३३० मिलिग्राम सहित र लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका-६ बाट २ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित अर्जुनधारा नगरापलिका-११ का अबिन उराव, मेचीनगर-७ का सयन मण्डल र राजिब राजबंशीलाई पक्राउ गरेको हो ।
इलामको सुर्योदय नगरापालिका-२ बाट इलाका प्रहरी कार्यालय पशुपतिनगरले सोहि स्थानका दापेम्बा शेर्पालाई १० ग्राम १६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।