प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिभिन्न मुद्दाका १४ जना फरार प्रतिवादीहरु पक्राउ

२०८३-०७-२०

  • A
  • A-
  • A+
Share

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा कात्तिक १९ गते मोरङबाट ११ जना, झापाबाट २ जना, सुनसरीबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ बर्ष ५ महिना १५ दिन कैद सजाय र १ लाख ११ हजार रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ११ जना पक्राउ
२०८३-०७-२०

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ११ जनालाई पक्राउ गरिएको छ । कात्तिक १९ गते झापाको मेचीनगर नगरपालिका-६ मेचीडाँडा स्थितमा लागू औषध नियनत्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ का ४३ वर्षिय बिनोद श्रेष्ठलाई ५ ग्राम ५८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-७ का २५ वर्षिय शंकर मंडल र दमक-२ का २५ वर्षिय अतित राना मगरलाई ३ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको उर्लाबारी नगरपालिका-१ का २६ वर्षिय राम कुमार परियारलाई प्रतिबन्धित औषधि स्पास्मेड-१४० ट्याब्लेट र ट्रामाडोल-१४० ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले इटहरी उप महानगरपालिका-२ का २४ वर्षिय निश्चल कटुवाल र इटहरी-९ का २१ वर्षीया अन्शु पोखरेल र इटहरी- ६ का २६ वर्षिय राहुल रायलाई ३ ग्राम १९० मिलिग्राम ब्राउन सुगर सहित, जिल्ला प्रहरी कार्यालय सुनसरीले ईटहरी-५ का २६ वर्षिय नबिन कार्कीलाई ४८० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी औरावनीले सुन्दरहरैचा गाउँपालिका-९ का २१ वर्षिय देवेन्द्र मगराती र देवानगंज गाउँपालिका-३ का २४ वर्षिय अजय कुमार शर्मालाइ १ ग्राम ४० मिलिग्राम गाँजा र ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका-३ का २७ वर्षीय सुशान्त राउतलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-७ तिलतिले स्थितमा गाँजा फडानी गर्ने क्रममा सोही स्थानमा बेवारिसे अवस्थामा ८५ वटा बोरामा २ हजार ८ सय २० किलोग्राम गाँजा फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान कार्य भई रहेको छ ।      

सीमानाका लगायत बिभिन्न स्थानमा प्रहरी कुकुर सहितको चेकजाँच
२०८३-०७-२०

कोशी प्रदेश प्रहरीले चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, अवैध गतिविधि, विस्फोटक पदार्थको ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न चाडपर्व सुरक्षा योजना अनुसार सक्रियरुपमा प्रहरी परिचालन गरेको छ । बिशेष गरी तिहारलाई लक्षित गरी पटका तथा पटकाजन्य अन्य विस्फोटक पदार्थको बिक्री वितरण, ओसार पसार र प्रयोगलाई नियन्त्रण गर्न सीमा नाकामा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाएको छ । चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि, लागूऔषधको ओसार पसार, पटकाजन्य विस्फोटक पदार्थ नियन्त्रणको लागी बिभिन्न स्थानमा प्रहरी कुकुरसहितको चेकिङ टोली परिचालन गरी सवारीसाधन, शंकास्पद सामग्री तथा आवतजावत गर्ने संकित व्यक्तिमाथि निगरानी र चेक जाँचलाई कडाइ गरिएको छ ।  चेकजाँचको क्रममा प्रहरीले बिभिन्न स्थानहरुबाट अबैधरुपमा भित्राएका करिव १० लाख ७ हजार भन्दा बढी मुल्य वरावको पटकाजन्य विस्फोटक पदार्थ बरामद गरी नष्ट गरेको छ । चाडपर्वको समयमा आफ्नो घर तथा पसलको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधि प्रति सचेत रहन, पटका तथा पटकाजन्य विस्फोटक पदार्थको प्रयोग नगर्न र कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालिन सेवा १०० मा जानकारी गराउन सम्पूर्ण महानुभावहरुमा कोशी प्रदेश प्रहरी अनुरोध गर्दछ ।

लागू औषध ब्राउन सुगर सहित होटल संचालक पक्राउ
२०८३-०७-१९

मोरङको विराटनगर महानगरपालिका-१२ रोडषेशबाट लागू औषध ब्राउन सुगर सहित होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १८ गते रोडषेश स्थित बिरेन्द्र होटल एण्ड लजमा लागू औषधको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले होटलमा खानतलासी गर्दा होटलको काउन्टर नजिकै रहेको कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ४८ ग्राम ५ मिलिग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजु बरामद भए संगै होटल संचालक विराटनगर महानगरपालिका- ११ का ३५ बर्षीय निकु सिंहलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनको आवश्यक थप अनुसन्धान भईरहेको छ ।

बिभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०७-१८

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा कात्तिक १७ गते मोरङबाट ९ जना, झापाबाट ३ जना, सुनसरीबाट १ जनालाई र उदयपुरबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ बर्ष १० महिना १० दिन कैद सजाय र १ लाख ८० हजार ४ सय रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०७-१८

सुनसरी र ओखलढुङ्गा जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाइ पक्राउ गरिएको छ।कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले २२ किलो ९७६ ग्राम लागू औषध गाँजा सहित हरीनगर गाउँपालिका-१ का १९ वर्षिय नितेष कुमार मुखिया र ३२ वर्षिय सुनिल मलालाई पक्राउ गरेको छ । यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-४ हलगडा स्थितबाट सोही स्थानका २० वर्षिय अविनाश रोनियार साहलाई २ ग्राम ५ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-२ का २५ वर्षिय सजिव राईलाई २ ग्राम ५७५ मिलिग्राम ब्राउन सुगर सहित, बराहक्षेत्र-३ का २७ वर्षिय लक्ष्मण थिङ,२२ वर्षिय राकेश काफ्ले, २३ वर्षिय रबिन कार्कीलाई प्रतिबन्धित औषधि ट्रामाडोल-१०० ट्याब्लेट र स्पास्पेन-११० ट्याब्लेट सहित पक्राउ गरेको छ ।यसकासाथै ओखढुङ्गाको मोलुङ गाउँपालिका-३ देउराली स्थितमा सोही स्थानका १८ वर्षिय जिवन कुमार नेपाली र २३ वर्षिय सुजन तामाङलाई ४ किलो ५२० ग्राम गाँजा सहित इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरले पक्राउ गरेको छ ।पक्राउ परेको सबैजनाको थप अनुसन्धान कार्य भई रहेको छ ।