जुवाजन्य खेलमा संलग्न ९ जना पक्राउ
२०८३-०६-२०
- A
- A-
- A+
झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट जुवाजनय खेलमा संलग्न ९ जनालाई नगद, १ बुङ्ग तास र डाईस सहित पक्राउ गरेको छ ।
असोज १९ गते झापाको मेचिनगर नगरपालिका ८ स्थितबाट जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर ६ का ३७ वर्षिय चेत बहादुर लिम्बु, २७ वर्षिय दिपक चौधरी, मेचिनगर ५ का २७ वर्षिय सनम तामाङ र मेचिनगर ७ का २७ वर्षिय जुगल भजेललाई डाईस, नगद ३४ हजार ८ सय रुपैया र भारतिय रुपैया ४ सय सहित पक्राउ गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका १७ स्थित शेलिस शेर्पाको घरमा तास खेल्दै गरेको अवस्थामा ४३ वर्षिय लिक बन्धु कार्की, रामधुनी नगरपालिका १का ३६ वर्षिय प्रेम बि.क., ४७ वर्षिय गौरीशंकर लुईटेल, ४२ वर्षिय महेशलाल धामिलाई १ बुङ्ग तास र नगद २ लाख ३१ हजार १ सय ७० रुपैया सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको आवश्यक कानूनी कारवाही भइरहेको छ ।