पूर्व प्रहरी कर्मचारीसँग भेटघाट तथा अन्तरक्रिया
२०८३-०६-१९
- A
- A-
- A+
निरीक्षण भ्रमणका क्रममा संखुवासभा पुग्नुभएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले संखुवासभा जिल्लाका पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ । भेटघाट तथा अन्तरक्रियाका क्रममा पूर्व प्रहरी कर्मचारीहरूले आफ्नो सेवा अवधिका अनुभव, जिल्लाको शान्ति–सुरक्षासँग सम्बन्धित विषयमा आफ्ना धारणा, सुझाव तथा अपेक्षाहरू राख्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख खनालले पुर्व प्रहरी कर्मचारीहरुले प्रहरी संगठनमा कार्यरत रहँदा राष्ट्र, समाज र नागरिकको सुरक्षामा पुर्याउनु भएको योगदानप्रति सम्मान व्यक्त गर्दै उहाँहरूका अनुभव, सुझाव र रचनात्मक भूमिकालाई प्रहरी संगठनको हितमा उपयोग गर्दै अघि बढ्ने बताउनुभयो । साथै उहाँले भेटघाट तथा अन्तरक्रियाले पूर्व प्रहरी कर्मचारी र बहालवाला प्रहरीबीचको आत्मीयता, सहकार्य र संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नु भयो ।