प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी संखुवासभाको निरीक्षण

२०८३-०६-१९

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले असोज १९ गते जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमण तथा अनुगमन गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय, सम्पूर्ण शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा उहाँले पहाडी भेगका दुर्गम  गाउँ र बस्तीहरुमा रहेका नागरिकहरुलाई सहज र सुलभ तरिकाले प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । नियमितरुपमा प्रहरी गस्ती परिचालन गरी नागरिकको पिरमार्का तथा गुनासाहरुलाई सुनुवाई गर्न र समुदाय स्तरमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी नागरिकमा सचेतना अभिबृद्धि गर्न समेत निर्देशन दिनु भएको छ । यसै गरी उहाँले नजिकिदै गरेको चाडपर्वलाई सुरक्षित र हर्षोल्लासमय बनाउन आवश्यकता अनुसार प्रहरी जनशक्ति परिचालन गर्न, यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउन बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन गर्न,  संवेदनशील तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन निर्देशन दिनु भएको छ ।

प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित र सेवामुखी भएर कार्य गर्न, कार्यसम्पादन सम्झौता तथा अटोमेसनमा उल्लेखित बुँदाहरूमा केन्द्रित रहि प्रहरी कार्य गर्न, प्रहरी संगठनप्रतिको नागरिकको विश्वास कायम राख्न, व्यावसायिक आचरण र पारदर्शी सेवा प्रवाहमा विशेष ध्यान दिन, यसै गरी फरार प्रतिवादी पक्राउ, पेण्डिङ मुद्धाको फर्छौट तथा बढ्दै गएको लागू औषधको प्रयोग तथा ओसारपसारलाई नियन्त्रण गर्न निर्देशन दिनु भएको छ ।

 

वर्तमान समयमा समाजमा बढ्दै गएका अपराध तथा सुरक्षा चुनौतीहरूलाई न्यूनीकरण गर्न पूर्व प्रहरी कर्मचारीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेकोले अपराध नियन्त्रणका लागि आवश्यक सूचना आदान प्रदानमा सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जिल्लाको समग्र शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो ।


सम्बन्धित समाचार
पूर्व प्रहरी कर्मचारीसँग भेटघाट तथा अन्तरक्रिया
२०८३-०६-१९

निरीक्षण भ्रमणका क्रममा संखुवासभा पुग्नुभएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले संखुवासभा जिल्लाका पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ । भेटघाट तथा अन्तरक्रियाका क्रममा पूर्व प्रहरी कर्मचारीहरूले आफ्नो सेवा अवधिका अनुभव, जिल्लाको शान्ति–सुरक्षासँग सम्बन्धित विषयमा आफ्ना धारणा, सुझाव तथा अपेक्षाहरू राख्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख खनालले पुर्व प्रहरी कर्मचारीहरुले प्रहरी संगठनमा कार्यरत रहँदा राष्ट्र, समाज र नागरिकको सुरक्षामा पुर्‍याउनु भएको योगदानप्रति सम्मान व्यक्त गर्दै उहाँहरूका अनुभव, सुझाव र रचनात्मक भूमिकालाई प्रहरी संगठनको हितमा उपयोग गर्दै अघि बढ्ने बताउनुभयो । साथै उहाँले भेटघाट तथा अन्तरक्रियाले पूर्व प्रहरी कर्मचारी र बहालवाला प्रहरीबीचको आत्मीयता, सहकार्य र संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नु भयो ।

स्थानीय बासी तथा नागरिक समाजहरुसंग भेटघाट तथा अन्तरक्रिया
२०८३-०६-१९

निरीक्षण भ्रमणको क्रममा असोज १९ गते जिल्ला प्रहरी कार्यालय संखुवासभा पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले जिल्लाका स्थानीय बासीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ । भेटघाट तथा अन्तरक्रियाका क्रममा स्थानीय बासीहरुले प्रदेश प्रहरी प्रमुख खनाल समक्ष जिल्लाको शान्ति-सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, प्रहरीको सेवा प्रवाह तथा समुदायसँग प्रहरीको सम्बन्ध लगायतका विषयमा आफ्ना धारणा, सुझाव तथा अपेक्षाहरू राख्नुभएको थियो । उहाँले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ, विश्वासिलो र सहकार्यात्मक बनाउन यस्ता भेटघाट तथा अन्तरक्रिया अत्यन्त महत्वपूर्ण रहेको बताउनुका साथै नागरिकका वास्तविक समस्या, गुनासा तथा अपेक्षाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै प्रहरी सेवालाई थप नागरिकमैत्री, उत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउन प्रदेश प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

लागू औषध गाँजा बोकेको ट्रक सहित चालक र सहचालक नियन्त्रणमा
२०८३-०६-१९

सुनसरीको इनरुवा नगरपालिका-३ सखुवागाछी स्थितबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रक सहित संलग्न चालक र सहचालक लाई नियन्त्रणमा लिएको छ । असोज १८ गते राती ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी चेकिङ टोलीले ‍पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना. ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागि रोकी चेकजाँच गर्दा बन्दाकोबीले छोपेको अवस्थामा प्लास्टिकको ८३ वटा बोरामा २ हजार ५ सय ६६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो । ट्रकमा लागूऔषध गाँजा बरामद भएसंगै उक्त ट्रक सहित ओसार पसारमा संलग्न चालक धनकुटा शहिदभूमी गाँउपालिका-२ का राजु राई र सहचालक सोही स्थानका सन्दिप राईलाई नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १४ जना पक्राउ
२०८३-०६-१९

कोशी प्रदशका विभिन्न जिल्लाहरुबाट लागू औषध सहित १४ जना लाई पक्राउ गरिएको छ । असोज १८ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुर र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा प्र.१-०२-०४३ प ८७३८ नम्बरको मोटरसाईकलमा सवार इलाम नगरपालिका-१०का सरोज बनियालाई ५ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले सुन्दरहरैचा नगरपालिका-११ का विशाल बस्नेतलाई ३०० मिलिग्राम ब्राउन सुगर सहित, धरान-९ का नरेश खडगी र कृष्ण राईलाई ४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर सहित, केराबारी गाउँपालिका-६ का शुसान्त वि.क. र  निर्मल तामाङलाई ४ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा प्रदेशीक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय रंगेलीले रंगेली नगरपालिका-५ का कृष्ण कुमार पासवानलाई ९ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१ का अरुण मणडल र बिवेक धिमाललाई १ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सोही दिन सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-८ का बिमलराज धामीलाई २ ग्राम ८१० मिलिग्राम ब्राउम सुगर सहित र जिल्ला प्रहरी कार्यालय धनकुटाले चौबिसे नगरपालिका-६ का उपहार राई, शशिहाङ राई र साँगुरीगढी-५का सलुन राईलाई २०० चक्की प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका-११ का महेन्द्र कार्कीलाई ८८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही  भईरहेको छ ।      

तास खेलमा संलग्न ७ जनाको समूह ८ बुङ्ग तास सहित पक्राउ
२०८३-०६-१९

झापाको ‍मेचीनगर नगरपालिका-१० स्थित धुलाबारीबाट तास खेलमा संलग्न ७ जनाको समुहलाई८ बुङ्ग तास सहित पक्राउ गरिएकोछ । असोज १८ गते जमिन राईले संचालन गरेको सेकुवा कर्नरमा तास खेलीरहेको भन्ने सुचना प्राप्तहुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा तास खेलिरहेको अवस्थामा सोही स्थानका किरण लाम्साल, हर्कराज राई, मेदनी बराल मेचीनगर-५ का बिशाल लावती, शेखरनाथ भण्डारी, मेचीनगर-३ का सागर बस्नेत र मेचीनगर-७ का प्रकाश लावतीलाई ८ बुङ्ग तास र नगद १ लाख ८ हजार ५२० रुपैयाँ सहित पक्राउ गरेको हो । तास सहित पक्राउ परेका उनीहरूको आवश्यक कानूनी कारवाही भइरहेको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०६-१७

झापा, सुनसरी र पाँचथरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १६ गते सुनसरीको हरिनगरा गाउँपालिका- ७ स्थित बाँसघारीमा बेवारिसे अवस्थामा रहेको ६१ किलोग्राम लागू औषध गाँजा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र प्रहरी चौकी घुस्कीहाटले  बरामद गरेको  हो । त्यस्तै झापाको बिर्तामोड- ४ बाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीले प्र.१-०१-००२ ह ३२७५ नम्बरको सिटी चालक मोरङ कटहरी गाउँपालिका-  ४ का निजाम मिया, सिटीमा सवार सुगन्दा मण्डल र इलामकी लक्ष्मी दर्जीलाई ७ ग्राम ०७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका- १ बाट ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ५४० ट्याब्लेट सहित बेचबिखनमा संलग्न हिलिहाङ गाउँपालिका- ७ का उज्वल तिम्सिना र ३ जना बलाकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।