बिभिन्न मुद्दाका ५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-०६
- A
- A-
- A+
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारेर पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ५ गते मोरङबाट २ जना, सुनसरीबाट २ जना, ताप्लेजुङबाट १ जना र उदयपुरबाट १ जना गरी जम्मा ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट १ बर्ष ९ महिना १ दिन कैद सजाय र १ लाख १९ हजार रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने सबैजनालाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।