बिभिन्न मुद्दाका ३ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-०४
- A
- A-
- A+
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारेर पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ३ गते झापाबाट २ जना र उदयपुरबाट १ जना गरी जम्मा ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट १८ बर्ष कैद सजाय र १ लाख २ हजार २ सय रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने सबैजनालाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।