प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिभिन्न मुद्दाका १४ जना फरार प्रतिवादीहरु पक्राउ

२०८३-०६-०५

  • A
  • A-
  • A+
Share

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १४ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारेर पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ४ गते मोरङबाट ८ जना, सुनसरीबाट १ जना, ताप्लेजुङबाट ४ जना र उदयपुरबाट १ जना गरी जम्मा १४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट ३ बर्ष ३ महिना कैद सजाय र २ लाख ५३ हजार १ सय रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने सबैजनालाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।

 


सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८३-०६-०५

सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । असोज ५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थितबाट मोरङको मिक्लाजुङ गाउँपालिका-५ का ३१ वर्षिय निरोज माली र ३० वर्षिय दिपेश नेपालीलाई ट्रामाडोल-५३० क्यापसुल , नाईट्रोजापाम- १० ट्याबलेट प्रतिबन्धित औषधि र १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी उप-महानगरपालिका-५ का २३ वर्षिय बसन्त खत्रीलाई ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको तिनैजनाको थप अनुसन्धान भइ रहेको छ ।  

बिभिन्न मुद्दाका ३ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-०४

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ३  जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारेर पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ३ गते झापाबाट २ जना र उदयपुरबाट १ जना गरी जम्मा ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १८ बर्ष कैद सजाय र १ लाख २ हजार २ सय रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने सबैजनालाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।

लागू औषध सहित १४ पक्राउ
२०८३-०६-०४

झापा, मोरङ, सुनसरी र इलाम जिल्लाको विभिन्न स्थानहरुबाट असोज ३ गते १४ जनालाई लागू औषध सहित पक्राउ गरिएको छ ।झापाको मेचिनगर नगरपालिका-७ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४४ वर्षिय नारायण किसानलाई १० ग्राम ९ सय मिलिग्राम लागू औषध ब्राउन सुगर,  ३३ वर्षिय संजित राजबंशि र ३१ वर्षिय प्रबिण उराउलाई १३० मिलिग्राम ब्राउन सुगर सहित र  इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-१ का २५ वर्षिय किरण साम्बा लिम्बु र २५ वर्षिय रोशन राईलाई १ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१ का २३ वर्षिय करण राईलाई १ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित, ६६ वर्षिय सुक्र बहादुर तामाङ र २५ वर्षिय सन्दिप राईलाई ३१ ग्राम ११० मिलिग्राम लागू औषध गाँजा सहित र प्रहरी चौकी सिक्टिले कानपोखरी गाउँपालिका-६ का २४ वर्षिय विक्रम गुरुङ र २१ वर्षिया केविना गुरुंङलाई ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालीका -१० स्थितबाट को १ च ८२७९ नम्बरको टाटा पिकअपमा राखेको १ हजार ४ सय ५४ किलो ८७० ग्राम लागू औषध गाँजा फेला पारी चालक भोक्राहानरसिंह -५ का ३० वर्षिय राम बहादुर यादवलाई पिकअप सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले देश भारत बिहार का २० वर्षिय बिपिन कुमार यादवलाई ८३० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका-९ का ३४ वर्षिय मौसम लिम्बु र ३४ वर्षिया मनिसा लिम्बुलाई ५४० मिलिराम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ
२०८३-०६-०३

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज २ गते मोरङबाट २, सुनसरी २, झापा ४ र ताप्लेजुङबाट १ जना गरी जम्मा ९ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ बर्ष १० महिना ८ दिन कैद सजाय र १ लाख २४ हजार रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने कैद भुक्तानको लागी कारागार पठाएको छ ।

लागू औषघ सहित ४ जना पक्राउ
२०८३-०६-०३

झापा र धनकुटाबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ०२ गते झापाको दमक नगरपालिका- ५ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दमक- ५ का सुजन माझी, सुविन कुमाल र कुल प्रसाद सिवाकोटीलाई फेला पारी चेकजाँच गर्दा सुजन माझीको साथबाट लुकाई छपाई राखेको अवस्थामा ३ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर फेला पारी तिनै जनालाई नियन्त्रणमा लिएको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय धनकुटाले महालक्ष्मी नगपरालिका- ८ घर भई हाल धनकुटा- ६ स्थित बस्दै आएका उज्वल थापालाई प्रतिबन्धित लागू औषध ट्रामोल, स्पास्पेन गरी जम्मा ४०८ क्याप्सुल सहित उनकै घरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।