बिभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ
२०८३-०५-३१
- A
- A-
- A+
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई प्रहरीले खोजतलासको क्रममा पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा भदौ ३० गते मोरङबाट ३ जना, झापाबाट २ जना, ओखलढुंगा, सोलुखुम्बु, सुनसरी र पाँचथरबाट १/१ जना गरी ९ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ८ बर्ष कैद सजाय र ४८ हजार ६०० रुपैयाँ जरिवाना रकम असुल उपर भएको छ भने कैद भुक्तानको लागी कारागार पठाएको छ ।