भन्सार छलीका सामानहरू सहित भारतीय मोटरसाईकल नियन्त्रणमा
२०८३-०५-२९
सुनसरीको देवानगंज गाँउपालिका २ मरिया खोला स्थितबाट प्रहरीले भन्सार छलीका सामानहरू सहित भारतीय मोटरसाईकल नियन्त्रणमा लिएको छ । भदौ २८ गते बेलुका पौने ७ बजे इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 01CA 1423 नम्बरको भारतीय मोटरसईकल सहित भन्सार छली अवैध रुपमा ल्याएका अ.मू.रू.१,३२,५००।– (एक लाख बत्तिस हजार पाँच सय रुपैँया) बराबरको लत्ता कपडाहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भईरहेको छ ।