भन्सार छलीका सामानहरू नियन्त्रणमा
२०८३-०५-३०
- A
- A-
- A+
सुनसरीको विभिन्न स्थानहरुबाट प्रहरीले भन्सार छली नेपाल भित्राउदै गरेका अवैध सामानहरू नियन्त्रणमा लिएको छ । भदौ २९ गते इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका-२ स्थितमा यात्रुबाहक म्याजिकलाई चेकजाँच गर्दा १ लाख ६९ हजार २ सय मुल्य बरावरको अवैध लत्ता कपडाहरू बरामद गरेको छ । यसै गरी अस्थायी प्रहरी चौकी नडाहाले बराहक्षेत्र नगरपालिका-३ स्थितबाट ४५ हजार मुल्य बराबरको लत्ता कपडाहरू र इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-३ स्थितबाट ३१ हजार २ सय मुल्य बराबरको लत्ता कपडाहरू र १० हजार मुल्य बराबरको चिनी बरादम गरेको छ । बरामद गरिएका सामग्रीहरुलाई आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय पठाउने तयारी भईरहेको छ ।