प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिभिन्न मुद्दाका १९ जना फरार प्रतिबादीहरु पक्राउ

२०८३-०५-२५

  • A
  • A-
  • A+
Share

सुनसरी, मोरङ, झापा र पाचँथरबाट बिभिन्न मुद्दाका १९ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरीएको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले भदौ २४ गते झापाबाट ४  जना, सुनसरीबाट ३ जना, मोरङबाट ११ जना र पाँचथरबाट १ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । बिभिन्न अपराधमा संलग्न रहेर अदालतबाट दोषी ठहर भई फरार रहेका उनिहरुलाई पक्राउ गरी कैद भुक्तानको लागी कारागार पठाएको छ । पक्राउ परेकाहरुबाट १० बर्ष कैद सजाय   २ लाख ५ हजार ३ सय ३७ रुपैयाँ जरिवाना रकम असुल उपर भएको छ ।


सम्बन्धित समाचार
गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०५-२५

भोजपुर र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । भदौ २४ गते सम्बन्धित एरिया इलाकाहरुबाट खटिएको प्रहरी टोलीले उदयपुरको ताप्ली गाउँपालिका र कटारी नगरपालिकाको बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु करिव १ हजार २६० वटा फडानी गरी नष्ट गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरको प्रहरी टोलीले भोजपुरको हतुवागढी र आम्चोक गाउँपालिकाको पाखाबारीहरुमा करिव ३ रोपनी क्षेत्रफलमा रहेको करिव ८५० वटा गाँजाको नाभो बोटहरु फडानी गरि जलाई नष्ट गरेको छ ।

लागू औषधमा संलग्न २ भारतीय नागरिक सहित ६ जना पक्राउ
२०८३-०५-२४

झापा र सुनसरी जिल्लाबाट लागू औषध ओसार पसार तथा बेचबिखनमा संलग्न २ भारतीय नागरिक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २३ गते झापाको दमक नगरपालिका-२ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारत अररियाका १९ बर्षीय महमद फिरोज र २५ बर्षीय चन्दन कुमार मण्डललाई ४१ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका-११ का आदित्य दर्जीलाई ४९ मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको इलाका प्रहरी कार्यालय पकलीले इटहरी-१६ की गंगा कुमारी थरुनी, इटहरी- ७ का समिर चौधरी र विरेन चौधरी समेतलाई ३१० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०५-२४

भोजपुर र उदयपुर जिल्लाका बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरि नष्ट गरेको छ । भदौ २३ गते भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका-३ र ९ वडाका बिभिन्न एरियाहरुको पाखाबारीमा करिव २ रोपनी क्षेत्रफलमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका २ हजार ५० वटा गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट गरेको छ भने उदयपुरको अस्थायी प्रहरी चौकी मैनामैनीले बेलका नगरपालिका-७ स्थित बारीमा आफै उम्रिएका २ हजार वटा गाँजाको बोट र बेर्ना फडानी गरी जलाई नष्ट गरेको छ ।

लागू औषध सहित १२ जना पक्राउ
२०८३-०५-२३

झापा, मोरङ, सुनसरी र इलामबाट लागू औषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २२ गते सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-२ का ४० बर्षीय कर्ण बहादुर राईलाई २५ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर र प्र.०१-०२-०५१ प ४८०१ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय इटहरीले इटहरी- १० का मनोज शिबु मण्डललाई ३९० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले १९० मिलीग्राम ब्राउन सुगर सहित इटहरी- १७ का अबु खानलाई पक्राउ गरेको छ ।  सोही दिन  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय  इटहरीले इटहरी-७  का दिनेश चौधरीलाई ब्राउन सुगर ८७० मिलिग्राम र गाँजा ३ किलो ९४० ग्राम सहित उनकै घरबाट पक्राउ गरेको छ, भने झापाको इलाका प्रहरी कार्यालय सुरुङगा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले कनकाई- ४ का रोशन चौधरीलाई १० ग्राम ५६० मिलिग्राम सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका- ११ का गोबिन्द श्रेष्ठ र बिर्तामोड- ११ का कृष्ण बहादुर प्रधानलाई ९ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- ५ की जमुना चौधरीलाई  १ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित उनकै घरबाट पक्राउ गरेको छ भने उर्लाबारी- ४ का मान बहादुर परियार र गौरव विश्वकर्मालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले गाँजा १ किलो २८० ग्राम सहित पक्राउ गरेको छ । इलामको प्रहरी चौकी फिक्कलले सुर्योदय नगरपालिका- ८ का मिक कुमार तामाङ र रोशन तामाङलाई ८६० मिलिग्राम ब्राउन सुगर र प्र.१-०१-००१ ह ८७४७ नम्बरको अटो सहित पक्राउ गरेको छ । पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।