प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

२०८३-०४-२६

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साउन २६ गते आयोजित कार्यक्रममा उपस्थित पत्रकारहरुसंग कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ ।

कार्यक्रममा उपस्थित पत्रकारहरुलाई सम्वोधनको क्रममा प्रदेश प्रहरी प्रमुख खनालले समाजमा शान्ति, सुव्यवस्था कायम गर्न प्रहरी र सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कोशी प्रदेश प्रहरी शुन्य सहनशिलता कायम गरी हरेक कार्यहरुमा पारदर्शिता र जवाफदेहिता बनाउदै नागरिक प्रति उत्तरदायी र विश्वासिलो भई काम गर्ने, अपराध रोकथाम तथा नियन्त्रण, लागूऔषध नियन्त्रण, सिमावर्ती अपराध र अन्तरदेशिय अपराध नियन्त्रण, साईवर तथा डिजिटल अपराध नियन्त्रण, महिला, बालबालिका तथा जेष्ट नागरिक मैत्री प्रहरी सेवा प्रवाह, ट्राफिक व्यवस्थापन तथा राजमार्ग सुरक्षा व्यवस्था प्रभावकारी बनाउने तथा संचार माध्यमसंग समन्वय र सहकार्यलाई प्राथमिकता दिँदै कोशी प्रदेशमा शान्ति सुरक्षा प्रभावकारी बनाउन रुपमा आवश्यक सुरक्षा रणनीति र कार्ययोजना अनुसार प्रहरी परिचालन गर्ने बताउनु भयो । यसका साथै उहाँले कार्यक्रममा स्थानिय पत्रकारहरुबाट उठेका जिज्ञासाहरुको समेत सम्वोधन गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले कोशी प्रदेशमा प्रहरी परिचालन, शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा प्रहरीद्वारा गरिएका सफल अनुसन्धानको  विवरण सहितको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना सहित सिनियर प्रहरी अधिकृतहरुको साथै बिभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८३-०५-२६

झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । झापाको बाह्रदशी गाउँपालिका-१ खैरबारी स्थितबाट अस्थायी प्रहरी चौकी कुटिबाट खटिएको प्रहरी टोलीले को ३१ प ६१६० नम्बरको मोटरसाईकलमा सवार चालक बिर्तामोड नगरपालिका-३ का २९ वर्षिय गणेश राजवंशी र पछाडी सवार २३ वर्षिय विश्वजित राजवंशीलाई ब्राउन सुगर ३ ग्राम ६५ मिलिग्राम सहित पक्राउ गरिएको छ भने मोरङको इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-४ का २३ वर्षिय बिकास राई र सोही स्थानका २० वर्षिय सबिना लिम्बुलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

१० लाख भन्दा बढीको अवैध सामान बरामद
२०८३-०५-२६

झापा र सुनसरी जिल्लाका छुट्टा छुट्टै दुई स्थानबाट भन्सार छलीका १० लाख भन्दा बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ । भदौ २५ गते गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-१० फाल्गुनन्द चोक स्थितमा प्रदेश ३-०१-०२३ च २४७५ नम्बरको मारुती कार्गो (ईको) भ्यानमा अवैध रुपमा भन्सार छली गरी ल्याउदै गरेका बिभिन्न प्रकारका कपडाहरु र भ्यान सहित ९ लाख २९ हजार १ सय रुपैँया बराबरको सामान बरामद गरे संगै गाडी चालक भद्रपुर नगरपालिका-५ का ३० वर्षीय राकेश लिम्बुलाई नियन्न्त्रणमा लिई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंज सुनसरीले बर्जु गाउँपालिका-२ स्थितबाट  प्र.१-०४-००१ प ९३३२ नम्बरको मोटरसाईकलमा अवैध रुपमा भन्सार छली गरी ल्याएको कुर्ता सुरुवाल समेत गरी १ लाख ३२ हजार बराबरको सामान बरामद गरेको छ ।

बिभिन्न मुद्दाका १४ जना फरार प्रतिबादीहरु पक्राउ
२०८३-०५-२६

मोरङ, सुनसरी र धनकुटाबाट बिभिन्न मुद्दाका १४ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरीएको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले भदौ २५ गते मोरङबाट ९ जना, सुनसरीबाट ४ जना, र धनकुटाबाट १ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । बिभिन्न अपराधमा संलग्न रहेर अदालतबाट दोषी ठहर भई फरार रहेका उनिहरुलाई पक्राउ गरी कैद भुक्तानको लागी कारागार पठाएको छ । पक्राउ परेकाहरुबाट ७ बर्ष ५ महिना कैद सजाय  र १ लाख १७ हजार ३ सय ६७ रुपैयाँ जरिवाना रकम असुल उपर भएको छ ।

१०१ किलो ६४० ग्राम गाँजा सहित ५ जना पक्राउ
२०८३-०५-२६

उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितबाट १ सय १ किलो ६४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । भदौ २५ गते त्रियुगा नगरपालिका-६ स्थितमा प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले गाईघाटबाट कदमाहा तर्फ जादै गरेको २ वटा यात्रु वाहक विङगर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको छतमा प्लास्टिकमा प्याक गरी झोलामा लुकाई छिपाई राखेको  १ सय किलो १६४ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न संकित ५ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०५-२५

भोजपुर र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । भदौ २४ गते सम्बन्धित एरिया इलाकाहरुबाट खटिएको प्रहरी टोलीले उदयपुरको ताप्ली गाउँपालिका र कटारी नगरपालिकाको बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु करिव १ हजार २६० वटा फडानी गरी नष्ट गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरको प्रहरी टोलीले भोजपुरको हतुवागढी र आम्चोक गाउँपालिकाको पाखाबारीहरुमा करिव ३ रोपनी क्षेत्रफलमा रहेको करिव ८५० वटा गाँजाको नाभो बोटहरु फडानी गरि जलाई नष्ट गरेको छ ।