असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८३-०४-०४
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी सहायक निरीक्षक गणेश थापा र प्रहरी हवल्दार रेवती प्रसाद ढकाललाई असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा अस्थायी प्रहरी चौकी चाँदबेला, सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक गणेश थापाले गस्तीको क्रममा राउण्ड ३ गोली लोड भएको १ थान चाइनिज पेस्तोल सहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार रेवती प्रसाद ढकालले जिल्लाको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर ४७.२९ ग्राम, प्रतिबन्धित औषधी १८२१० ट्याबलेट सहित ओसारपसारमा संलग्न व्यक्ति तथा सवारी साधनहरु, कोशी गाउँपालिका-७ स्थित सप्तकोशी नदी किनारमा वेवारिसे अवस्था रहेको ३०८ किलोग्राम गाँजा र धरानका विभिन्न स्थानबाट ४०४ किलोग्राम गाँजा समेत नियन्त्रणमा लिनुका साथै अपराध रोकथाम, अनुसन्धान गर्ने कार्य र फैसला कार्यान्वयन अन्तर्गत उल्लेख्य सङ्ख्यामा फरार प्रतिवादीहरु पक्राउ गरी आम नागरिकहरुमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेको हुँदा निज प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।