भरुवा बन्दुक सहित १ जना पक्राउ
२०८३-०२-२१
- A
- A-
- A+
धनकुटाको धनकुटा नगरपालिका-९ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २० गते अस्थायी प्रहरी पोष्ट बेलहाराबाट खटिएको प्रहरी गस्ती टोलीले धनकुटा नगरपालिका-९ का २३ बर्षीय बिजय राईलाई लोडगरेको भरुवा बन्दुक १ थान बोकी हिडिरहेको अवस्थामा पक्राउ गरेको छ । भरुवा बन्दुक सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।