उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा प्रहरी निरिक्षक प्रमिला कार्की पुरस्कृत
२०८३-०६-३०
- A
- A-
- A+
७१ औं प्रहरी दिवसको अवसरमा प्रहरी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रमिला कार्की उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा पुरस्कृत हुनु भएको छ । पुरस्कृत हुने कार्कीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समुदाय मैत्री प्रहरी सेवामार्फत महिला प्रहरीको भूमिकालाई थप सशक्त बनाई आम नागरिक प्रति प्रहरीको छवि उच्च बनाउने कार्यमा प्रशंसनीय कार्य गरेकोले उहाँले सम्पादन गरेको कार्यको उच्च मूल्याकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत हुने प्रहरी निरीक्षक प्रमिला कार्कीलाई पुरस्कार कोषका संस्थापक श्रीमती शिला श्रेष्ठ बज्राचार्यले २५ हजारको चेक तथा प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने महिला प्रहरी कर्माचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने १ जना महिला प्रहरीलाई नगद पुरस्कारद्वारा पुरस्कृत गर्ने उद्धेश्य अनुरुप सुनसरी धरान उप-महानगरपालिका-८ की श्रीमती शिला श्रेष्ठ बज्रचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला बीच २०८१ सालमा सम्झौता भई महिला प्रहरीहरुको मनोबल उच्च राख्न तथा उत्प्रेरणा प्रदान गर्ने उद्धेश्यले २५ हजार धनराशीको उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात भएको थियो ।
। कार्यक्रममा उत्कृष्ट महिला प्रहरी पुरस्कार कोषका संस्थापक शिला श्रेष्ठ बज्रचार्यलाई कार्यक्रमका प्रमुख अतिथि हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।