कोशी प्रदेश प्रहरी प्रमुखद्वारा मातहत प्रहरी प्रमुखहरुसँग Virtual माध्यमद्वारा त्रैमासिक प्रगति बिवरण समिक्षा
२०८३-०७-१७
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले मातहत प्रहरी प्रमुखहरुसँग भर्चुअल माध्यमद्वारा त्रैमासिक प्रगति बिवण समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । कार्तिक १७ गते भएको समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि असोज महिना सम्म प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरण सम्बन्धी समिक्षा, छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
समिक्षामा प्रशासनिक तथा आन्तरिक व्यबस्थापन, प्रमाणमुखी अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागू औषध ओसार पसार तथा प्रयोगलाई नियन्त्रण, भन्सार छली नियन्त्रण, चोरी तथा लुटपाट, ला.पा.से. तथा मा.प.से. चेकजाँचमा कडाई, ध्वनि प्रदूषण, जुवाजन्य खेल, साइबर अपराध, आर्थिक अपराध नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिभिन्न सचेतनामूलक कार्यक्रम लगायतका बिषयहरुमा प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले प्रस्तुतिकरण गर्नु भएको थियो ।
समिक्षा पश्चात कोशी प्रदेश प्रहरी प्रमुख खनालले कार्य सम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरुमा आधारित रहेर इमान्दारितापूर्वक र परिणाममुखी कार्य सम्पादन गर्न सबैलाई निर्देशन दिनुका साथै नजिकिदै गरेको तिहार तथा छठलाई लक्षित गरि हुने पटेकाजन्य पदार्थ बेचबिखन तथा ओसारपसारलाई रोक्न कडाईका साथ प्रहरी परिचालन गरि चेकजाँच गर्न तथा भन्सार छली, लागू औषध ओसारपोसार लगायत जुवातासजन्य खेललाई पुर्ण रुपमा नियन्त्रणमा लिन प्रहरी परिचालन गर्न निर्देशन दिनु भयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक मान बहादुर राई लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुका साथै प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।