प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कारद्धारा प्रहरी सहायक हवल्दार युवराज खड्का पुरस्कृत

२०८३-०६-३०

  • A
  • A-
  • A+
Share

७१ औं प्रहरी दिवस २०८३ को अवसरमा बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कारबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हवल्दार युवराज खड्का पुरस्कृत भएका छन । २५ हजार धनराशीको उक्त पुरस्कार कोशी प्रदेश अन्तरगत उत्कृष्ट ट्राफिक व्यवस्थापन कार्य गर्ने  प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी उहाँलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत भएका प्रहरी सहायक हवल्दार युवराज खड्काले राजमार्ग सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक सचेतना मूलक कार्यक्रम सञ्चालन तथा ट्राफिक व्यवस्थापन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरी उत्कृष्ट कार्य सम्पादन गरेका छन् । पुरस्कृत हुने खड्काई अक्षयकोषका संस्थापक बद्री बिक्रम थापा गोदारले २५ हजारको चेक तथा प्रशंसा-पत्र प्रदान गर्नु भएको छ ।

१८ बर्षको उमेरमा सवारी दुर्घटनामा परी दिवंगत भएका आफ्ना छोराको स्मृतिमा कोशी प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाको अक्षयकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको सुरुवात भएको थियो । कार्यक्रममा बिप्लव थापा (गोदार) स्मृति अक्षयकोषका संस्थापक बद्री बिक्रम थापालाई प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।


सम्बन्धित समाचार
लागू औषध सहित ९ जना पक्राउ
२०८३-०७-०१

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट असोज ३० गते लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारी मोरङले बेलबारी नगरपालिका-३ का सागर परियार, रूबिन लावती र बेलबारी-२ का बिप्लब खवासलाई ६ चक्की प्रतिबन्धित औषधी सहित र २० वर्षीय रिजन राईलाई २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने प्रहरी चौकी रमाईलो मोरङले लेटाङ नगरपालिका-३ का ३३ वर्षीय फिरोज कुमार बि.कलाई ६ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो.नजामलाई  ४२० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित इटहरी उप-महानगरपालिका-९ बसपार्क स्थितबाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुरको चौदण्डीगडी नगरपालिका-०६ का २७ वर्षीय बिप्लब थापालाई प्रतिबन्धित औषधी ११२ चक्की सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

७१ औं प्रहरी दिवसमा SEE तथा उच्च शिक्षा तर्फ सर्वोत्कृष्ट अंक ल्याउने कर्मचारीहरुका सन्ततीहरु पुरस्कृत
२०८३-०६-३०

७१ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित विशेष कार्यक्रममा प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष प्रदेश प्रहरी कल्याण कोषबाट प्रदान गरिदै आएको SEE तथा उच्च शिक्षा तर्फका परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बहालवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततीहरुलाई स्नातक तहमा ३५ हजार, +2 तर्फ र २५ हजार र  SEE तर्फ १० हजार रुपैयाका दरले कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले पुरस्कृत गर्नु भएको छ ।

७१ औं प्रहरी दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु पुरस्कृत
२०८३-०६-३०

७१ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित विशेष कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले बिभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको छ । उहाँले कोशी प्रदेश प्रहरी कार्यालय तथा प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत रही कार्यालय व्यवस्थापन, अपराध अनुसन्धान,आन्तरिक तथा वाह्य प्रशिक्षण, सपोर्ट समुह, खेलाडी लगायत प्रहरी कार्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा  प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको हो ।

७१ औँ प्रहरी दिवसको अवसरमा अमर प्रहरी परिवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
२०८३-०६-३०

७१औँ प्रहरी दिवस २०८३ को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा आयोजित विशेष कार्यक्रममा अमर प्रहरी परिवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अमर प्रहरी परिवारले आ-आफ्नो सुझाव, समस्या तथा गुनासोहरु राख्नु भएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक खनालले संगठनको गरिमा, प्रतिष्ठा र श्रीवृद्धिका लागि आफ्नो अमूल्य जीवन बलिदान गरेका अमर प्रहरीहरूको योगदानको उच्च कदर र सम्मान व्यक्त गर्नु हुँदै  अमर प्रहरी परिवारका सदस्यहरूले उठाएका समस्या, गुनासा तथा जिज्ञासाहरूको बारेमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो  ।

देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा ४ जना प्रहरी कर्मचारीहुर पुरस्कृत
२०८३-०६-३०

७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी बरिष्ट नायव निरीक्षक भुवन शिंह बोगटी, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बिक्रम दाहाल,  जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी सहायक निरीक्षक साजना प्रसाई र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी बरिष्ट हवल्दार मेनुका राई यादव पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्रहरी कर्मचारीहरुले दिईएको जिम्मेवारी इमानदारी, अनुशासन र लगनशिल भई समाजमा शान्ति सुरक्षा, आम नागरिकमा प्रहरीको छवि उच्च बनाउने कार्यमा बिभिन्न विधामा अति उत्कृष्ट एवं प्रशंसनीय कार्य गरेकोले उनिहरुले गरेको कार्यको उच्च मुल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा पुरस्कृत गरेको हो । कुल १ लाख ४२ हजार धनराशीको “देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार” धरान उप-महानगरपालिका-१ निवासी धनन्जय आचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी वीच २०८१ सालमा सम्झौता भई  २०८२ साल देखि देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात गरिएको हो । बिभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी २ जना महिला र २ जना पुरुष वा सिनियर प्रहरी अधिकृत भए १ जना मात्रलाई विशेष प्राथमिकता दिई प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गर्न प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष संस्थापक वा निजको प्रतिनिधिद्वारा पुरस्कार प्रदान गरिदै आएको छ । कार्यक्रममा देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार" का संस्थापक धरान उप- महानगरपालिका-१ निवासी धनन्जय आचार्यका प्रतिनिधि योगेश काफ्लेलाई प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा प्रहरी निरिक्षक प्रमिला कार्की पुरस्कृत
२०८३-०६-३०

७१ औं प्रहरी दिवसको अवसरमा प्रहरी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रमिला कार्की उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा पुरस्कृत हुनु भएको छ । पुरस्कृत हुने कार्कीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समुदाय मैत्री प्रहरी सेवामार्फत महिला प्रहरीको भूमिकालाई थप सशक्त बनाई आम नागरिक प्रति प्रहरीको छवि उच्च बनाउने कार्यमा प्रशंसनीय कार्य गरेकोले उहाँले सम्पादन गरेको कार्यको उच्च मूल्याकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत हुने प्रहरी निरीक्षक प्रमिला कार्कीलाई पुरस्कार कोषका संस्थापक श्रीमती शिला श्रेष्ठ बज्राचार्यले २५ हजारको चेक तथा प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने महिला प्रहरी कर्माचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने १ जना महिला प्रहरीलाई  नगद पुरस्कारद्वारा पुरस्कृत गर्ने उद्धेश्य अनुरुप सुनसरी धरान उप-महानगरपालिका-८ की श्रीमती शिला श्रेष्ठ बज्रचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला बीच २०८१ सालमा सम्झौता भई महिला प्रहरीहरुको मनोबल उच्च राख्न तथा उत्प्रेरणा प्रदान गर्ने उद्धेश्यले २५ हजार धनराशीको उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात भएको थियो  । । कार्यक्रममा उत्कृष्ट महिला प्रहरी पुरस्कार कोषका संस्थापक शिला श्रेष्ठ बज्रचार्यलाई कार्यक्रमका प्रमुख अतिथि हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।