७१ औँ प्रहरी दिवसको अवसरमा अमर प्रहरी परिवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
२०८३-०६-३०
- A
- A-
- A+
७१औँ प्रहरी दिवस २०८३ को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा आयोजित विशेष कार्यक्रममा अमर प्रहरी परिवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अमर प्रहरी परिवारले आ-आफ्नो सुझाव, समस्या तथा गुनासोहरु राख्नु भएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक खनालले संगठनको गरिमा, प्रतिष्ठा र श्रीवृद्धिका लागि आफ्नो अमूल्य जीवन बलिदान गरेका अमर प्रहरीहरूको योगदानको उच्च कदर र सम्मान व्यक्त गर्नु हुँदै अमर प्रहरी परिवारका सदस्यहरूले उठाएका समस्या, गुनासा तथा जिज्ञासाहरूको बारेमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।