बेवारिसे भरुवा बन्दुक बरामद
२०८३-०६-११
- A
- A-
- A+
धनकुटाको शहीदभूमि गाउँपालिका–१ स्थित सामुदायिक वनबाट प्रहरीले १ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा बरामद गरेको छ।
असोज १० गते प्रहरी चौकी त्रिवेणीबाट खटिएको गस्ती टोलीले शहीदभूमि गाउँपालिका–१, चिहानडाँडा स्थितमा गस्ती गर्ने क्रममा सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको १ नाल भरुवा बन्दुक फेला पारीएको छ ।