Fire extinguisher को प्रयोग सम्बन्धी १ दिने अनुशिक्षण
२०८३-०५-१७
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरुलाई लक्षित गरी Fire extinguisher को प्रयोग सम्बन्धी १ दिने अनुशिक्षण तालिम प्रदान गरेको छ । भदौ १७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा संचालित अनुशिक्षण तालिमको प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले समुद्घाटन गर्नु भएको थियो । तालिम उद्घाटन कार्यक्रमलाई सम्वोधनको क्रममा प्रहरी नायव उपरीक्षक जवेगुले कार्यक्षेत्रमा आइपर्ने आगलागीका घटनामा थप क्षति हुन नदिन र तत्काल नागरिकको जीउधनको रक्षा गर्न यो तालिमले प्रहरी कर्मचारीहरूको व्यावसायिक दक्षता अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा सहभागी प्रहरी कर्मचारीहरुलाई बिपद ब्यव्स्थापन गुल्म चन्द्रगढीका तालिम प्राप्त प्रशिक्षकहरुले ठोस, तरल, ग्यास, विद्युतीय जस्ता आगलागीका प्रकार र तिनलाई निभाउने उपयुक्त विधिहरू, आगलागी भएको अवस्थामा Fire Extinguisher को सुरक्षित र सही प्रयोग गर्ने विधि र उद्धार कार्यमा खटिँदा अपनाउनुपर्ने सुरक्षा र सावधानीका उपायहरूको वारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङमा कार्यरत प्रहरी वरिष्ट हवल्दार देखी प्रहरी जवान दर्जा सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो ।
आगो नियन्त्रणका उपयुक्त विधि र जोखिमयुक्त क्षेत्रबाट नागरिकको उद्धारसम्बन्धी सीपले आकस्मिक अवस्थामा गरिने उद्दारलाई सहयोग पुर्याउनेछ । समयमै सही विधि अपनाएर आगो नियन्त्रण गर्न सके थप क्षति रोक्न सकिने भएकाले प्रहरी कर्मचारीलाई अग्नि नियन्त्रण सम्बन्धी व्यवहारिक तथा सैद्दान्तिक ज्ञान दिलाईएको हो ।