Know Your Neighbors (KYN) कार्यक्रम सम्पन्न
२०८३-०५-११
- A
- A-
- A+
प्रहरी र स्थानीय बासिन्दाहरुबीच आपसी सद्भाव, सहकार्य र विश्वास अभिबृद्धिका साथै सुमधुर सम्वन्ध स्थापित गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालयले Know Your Neighbors (KYN) कार्यक्रमको आयोजना गरेको छ । भदौ ११ गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा स्थानीय महानुभावहरूसँग परिचयात्मक तथा समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी र नागरिकबीच सहकार्यका विषयमा अन्तरक्रिया भएको थियो ।
कार्यक्रमलाई सम्बोधनको क्रममा प्रहरी नायव महानिरीक्षक खनालले समाजमा शान्ति–सुरक्षा कायम राख्न प्रहरीको मात्र प्रयास पर्याप्त नहुने भएकाले स्थानीय बासिन्दाको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको बताउनुभयो । आयोजना गरिएको Know Your Neighbors कार्यक्रमले आफ्नो वरपरका व्यक्तिसँग चिरपरिचित, आपसी सम्बन्ध र विश्वास बढ्दा समुदायको सुरक्षा अवस्था, सम्भावित सुरक्षा चुनौती, अपराध न्यूनीकरण तथा प्रहरी-नागरिकबीच सहकार्य सहज हुनुका साथै समाजमा असामान्य गतिविधि भएमा तत्कालै प्रहरीलाई जानकारी प्राप्त गर्न सहयोग पुग्ने बताउनु भयो । साथै उहाँले प्रहरीलाई छिमेकीको विश्वासिलो साझेदारका रूपमा स्थापित गर्दै छिमेकीका समस्या र गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्ने बिश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा कार्यालय आसमासमा रहेका छरछिमेकीहरु तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक मान बहादुर राई सहित प्रहरी अधिकृतहरुका साथै प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।