झापा जिल्लाका स्थानीय नागरिक, पूर्व प्रहरी कर्मचारी तथा नागरिक सेवा केन्द्रका प्रतिनिधिसँग भेटघाट तथा अन्तरक्रिया
२०८३-०४-२७
- A
- A-
- A+
जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमणका क्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर
खनालले झापा जिल्लाका स्थानीय नागरिक, पूर्व प्रहरी कर्मचारी
तथा नागरिक सेवा केन्द्रका प्रतिनिधिहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ। अन्तरक्रियाका क्रममा स्थानीय नागरिक तथा पूर्व प्रहरी कर्मचारीहरूले जिल्लाको शान्ति-सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, प्रहरीको सेवा प्रवाह तथा समुदायसँग प्रहरीको सम्बन्ध लगायतका विषयमा
आफ्ना धारणा, सुझाव तथा अपेक्षाहरू राख्नुभएको थियो।
सोहि अवसरमा प्रदेश प्रहरी प्रमुख खनालले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता भेटघाट तथा
अन्तरक्रिया महत्वपूर्ण रहेको बताउँदै नागरिकका वास्तविक समस्या, गुनासा तथा अपेक्षाहरू बुझ्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास
व्यक्त गर्नुभयो। उहाँले कोशी प्रदेश प्रहरीले शान्ति-सुरक्षा कायम गर्ने तथा
नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने कार्यमा स्थानीयवासी र पूर्व प्रहरी
कर्मचारीहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो। भेटघाट तथा अन्तरक्रियाकार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बसुन्धरा खडका,
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण
प्रसाद चिमरिया लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।