नेपाल प्रहरी प्रदेश कार्यालय धरान, बिधि विज्ञान प्रयोगशाला र केनाईन शाखाको निरीक्षण तथा अनुगमन
२०८३-०४-२१
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले साउन २१ गते नेपाल प्रहरी प्रदेश कार्यालय धरान, बिधि विज्ञान प्रयोगशाला र केनाईन शाखाको निरीक्षण तथा अनुगमन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ । निर्देशनको क्रममा उहाँले समाजमा घट्ने बिभिन्न आपराधिक घटनाहरुमा अनुसन्धान कार्यको सुपरीवेक्षण, समिक्षा गर्न प्रहरीको विशेष प्राविधिक टोली परिचालन गरी अनुसन्धान कार्यलाई सफल बनाउन र जिल्ला प्रहरी कार्यालयहरूबाट हुने अपराध अनुसन्धान कार्यको सुपरीवेक्षण र प्राविधिक सहयोग प्रदान गर्ने कार्यमा प्रभावकारी भुमिका निर्वाह गर्न निर्देशन दिनु भएको छ । साथै बिधि विज्ञान प्रयोगशालामा प्रमाण सङ्कलन पश्चात गरीने परीक्षण कार्यमा वैज्ञानिक सूक्ष्मता, निष्पक्ष र त्रुटिरहित ढङ्गले कार्य गर्न समेत निर्देशन दिनु भएको छ ।