कोशी प्रदेश प्रहरी प्रमुखद्वारा मातहत प्रहरी प्रमुखहरुलाई निर्देशन
२०८३-०४-२०
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालय प्रमुखहरु तथा “क” स्तर सम्मका प्रहरी इकाई प्रमुखहरुलाई साउन २० गते Virtual माध्यमद्धारा भर्चुवल माध्यमद्वारा आवश्यक निर्देशन दिनु भएको छ ।
v निर्देशनको क्रममा उहाँले प्रहरीले आ-आफ्नो पदीय दायित्व अनुसार त्रृटीरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरूलाई व्यावसायीक तवरबाट सामना गर्दै एक निर्भिक, ईमानदार र वफादार राष्ट्र सेवककोरूपमा खटिन, नागरिकको अपेक्षा बमोजिम छिटो, शिष्ट, सभ्य र पिढित मैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न ।
v दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी सामजमा शान्ति सुरक्षा कायम राख्न, आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न ।
v सिमा नाकाहरुमा कडाईका साथ चेकजाँचको व्यवस्था, सवारी दुर्घटना नियन्त्रण, प्रविधि मैतृ तथा प्रभावकारी ट्राफिक व्यवस्थापन, प्रभावकारी प्रहरी अनुसन्धान, लागु पदार्थको प्रयोग तथा ओसारपसार नियन्त्रण, गाँजा खेती फडानी लगायत अन्य अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा प्रभावकारी बनाउन ।
v मनसुन जन्य विपदका घटनाहरुमा पुर्व तयारीका साथ जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति र अन्य निकायहरूसँग समन्वय गरी खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उद्धार सामग्री सहित तयारी अवस्थामा राख्न ।
v आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बनाई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित बनाउन समय सापेक्ष अनुशिक्षण, सामुहिक अभ्यास र नियमितरुपमा व्रिफिङ गर्ने व्यवस्था मिलाउन ।
v कार्यसम्पादन सम्झौता र कार्यसम्पादन अभिलेख ढाँचा (Automation) को लक्ष्य हासिल हुने गरी दैनिकरुपमा प्रहरी कार्यलाई व्यवस्थित र प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ ।
निर्देशनको क्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा सहित सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।