दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८३-०४-१९
- A
- A-
- A+
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा पदोन्नती हुनुभएका दिलिप शिवाकोटीलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । साउन १९ गते आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक खनालले पदोन्नति हुनु भएका शिवाकोटीलाई बधाई तथा शुभकामना दिनु हुदै पदोन्नति सँगै प्राप्त भएका जिम्मेवारीलाई नयाँ उर्जाका साथ आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनु भएको छ । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायाण प्रसाद चिमरीया एवं सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।