प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपराध अनुसन्धान समिक्षा गोष्ठी २०८३ सम्पन्न

२०८३-०२-३१

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा “एक दिवसीय प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी-२०८३ सम्पन्न भएको छ । जेठ ३१ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न भएको समिक्षा गोष्ठीको प्रमुख अतिथि कोशी प्रदेशका  माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिकरुपमा समुद्‌घाटन गर्नु भएको थियो । समुद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि कार्कीले जहाँ बर्दिधारी प्रहरी हुन्छ त्याहाँ सरकारको उपस्थिति हुने हुँदा आम नागरिकहरुको भरोसा र बिश्वासलाई कायम राख्न प्रहरीले त्रुटीरहित तवरबाट प्रहरी अनुसन्धान गर्नु पर्ने बताउनुभयो । उहाँले साधन स्रोतको अभावमा अपराधको सफल अनुसन्धान गर्न कठिनाई भएको हुँदा प्रहरीलाई अपराध अनुसन्धान कार्यको निम्ति आवश्यक श्रोत साधन उपलव्ध गराउन प्रदेश सरकार तत्पर रहेको बताउनुभयो । मन्तव्यको क्रममा उहाँले प्रहरीले गर्ने अपराध अनुसन्धान कार्यमा कसैको दवाव र प्रभावमा नपरी प्रविधिको उच्चतम प्रयोग गरी कानून बमोजिम अनुसन्धान गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक सुशील सिंह राठौरले विज्ञान र सूचना प्रविधिले मानवीय जीवनलाई छिटो छरीतो र प्रभावकारी बनाएता पनि यसको दुरुपयोगले अपराधका घटनाहरु बढ्नुका साथै प्रहरी अनुसन्धानमा चुनौतीहरु समेत थपिएको बताउनु भयो । उहाँले अनुसन्धान प्रक्रियामा देखिएका विभिन्न समस्याबारे जानकारी आदान–प्रदान गर्दै अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी  बनाई समाधानका उपायहरूको खोजी गर्न तथा अनुसन्धानलाई  प्रभावकारी, निष्पक्ष र परिणाममुखी बनाउन गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नु भयो ।

गोष्ठीमा कार्यक्रमका विशिष्ट अतिथि मोरङ जिल्ला अदालतका माननीय न्यायाधीश दुर्गा बहादुर भुषालले प्रहरीले गर्ने अनुसन्धानले नै न्याय सम्पादन हुने हुँदा अनुसन्धानलाई प्रमाणमुखी, निष्पक्ष, पारदर्शी र कानून बमोजिम गर्नु पर्ने वताउँदै गोष्ठीको सफलताको शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले अपराध अनुसन्धानका क्षेत्रमा काम गर्ने प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै वैज्ञानिक र वस्तुनिष्ठ अनुसन्धानको विकास गर्न यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन हुन आवश्यक रहेको बताउदै गोष्ठीबाट प्राप्त भएका निष्कर्षहरूलाई कोशी प्रदेश प्रहरी कार्यालयले आगामी दिनमा कार्ययोजना बनाई अझ सशक्त रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै वहाँले अन्तर जिल्ला समन्वयलाई थप प्रभावकारी बनाई गोष्ठीको निष्कर्षलाई आफ्नो मार्ग निर्देशनको रूपमा ग्रहण गरी कार्य सम्पादन सम्झौतामा बमोजिम शत प्रतिशत लक्ष्य हासिल हुने गरी कार्य गर्न/गराउन उपस्थित कोशी प्रदेश अन्तर्गतका सम्पूर्ण प्रहरी प्रमुख एवं अनुसन्धानकर्ताहरुलाई निर्देशन समेत दिनु भयो ।

गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले विधिको शासन कायम भएमा अपराध मुक्त समाज निर्माण हुने र  कानूनको उद्धेश्य न्याय दिनु मात्र नभई अन्याय हुन नदिनु पनि हो भन्दै समाजमा शान्ति सुरक्षा कायम राख्न एकल प्रयासले मात्र सम्भव नहुने हुँदा अन्तर निकायहरुसंगको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले अपराधसंग सम्बन्धित कानूनी व्यवस्था, अनुसन्धानमा देखिएका चुनौतीहरुको बारेमा बताउनु हुदै कार्यक्रमको औचित्य सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो ।

गोष्ठीमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले प्रहरीको ईच्छा शक्ति बढाई पिरमार्कामा परेकालाई न्याय दिन र वर्दीको सम्मान गरी निष्पक्ष अनुसन्धान गर्न उदाहरण सहित गोष्ठीको शुभकामना सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो भने जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता लेखनाथ ढकालले अनुसन्धानको नेतृत्व गरीरहेको नेपाल प्रहरीलाई गोष्ठीले थप सक्षम र प्रभावकारी बनाउने वताउनुका साथै अनुसन्धानको क्रममा हुने त्रुटीहरु, नविनतम् कानूनी प्रावधानहरुको प्रयोग र सुधारका क्षेत्रहरूका बारेमा सरकारी वकिल कार्यालयको तर्फवाट प्रस्तुतिकरण समेत गर्नु भएको थियो । यसै गरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कमल रिमालले प्रहरीले गर्नु पर्ने अनुसन्धान कसैको दवाव र प्रभावमा नपरी कानून वमोजिम निष्पक्ष हुनु पर्ने बताउदै गोष्ठीको शुभकामना सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो ।

गोष्ठीमा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुका प्रमुखहरुले जिल्लामा भएका अपराध अनुसन्धानको विद्यमान अवस्था, सफल अनुसन्धान, अनुसन्धानका क्रममा आईपर्ने समस्या, चुनौती एवं तालुक कार्यालयसंगको अपेक्षाको वारेमा बुँदागत प्रस्तुतीकरण गर्नु भएको थियो । यसैगरी नेपाल प्रदेश प्रहरी कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुँयालले अपराध विश्लेषण, चुनौती, अनुगमका क्रममा देखिएका कमि कमजोरी सहितको प्रस्तुतिकरण गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले समग्र कोशी प्रदेशको अपराधको अवस्था, अपराध अनुसन्धानमा कोशी प्रदेश प्रहरी कार्यालयको भुमिका र तालुक कार्यालयसँगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्यक्रममा अपराध अनुसन्धानमा देखिएका कमीकमजोरी, सुधारका पक्षहरू, अनुसन्धान कार्यमा आवस्यक पर्ने प्राविधिक श्रोत साधनहरूको व्यवस्थापन, अपराधहरूको विद्यमान अवस्था, पछिल्लो समयमा प्रविधिको विकाससंगै अपराधका घटनाहरूमा देखा परेका चुनौतीहरू, अन्तर निकायसंगको समन्वय र सहकार्य लगायतका विषयमा अन्तरक्रिया तथा छलफल भएको थियो भने गोष्ठिमा उपस्थित जिल्ला प्रहरी कार्यालय प्रमुख र कसुरको अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय प्रमुख सहित अनुसन्धान शाखा प्रमुखले अनुसन्धानमा प्रभावकारिता ल्याउने उद्देश्यले कानूनी परिधी भित्र रही प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी अनुसन्धान कार्यलाई वैज्ञानिक, प्रमाणमुखी र पीडितमैत्री बनाउन प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

 उक्त अपराध अनुसन्धान समिक्षा गोष्ठीमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ट उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृतहरुका साथै कार्यक्रमको पहिलो चरणमा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।  

अपराध अनुसन्धानमा बढेका चुनौतीहरूको समाधानका लागि नयाँ-नयाँ प्रविधिको प्रयोग गर्ने, अपराध अनुसन्धान गर्ने ईकाइहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत साधनहरूबीचको अधिकतम प्रयोग एवं अन्तर कार्यालय संगको समन्वय गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।


सम्बन्धित समाचार
लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-१०

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ६ जनालाई पक्राउ गरिएको छ । भदौ ०९ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थितमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-००२ ह ९०८३ नम्बरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्दा ई-रिक्शाको ह्यान्डलभित्र लुकाई छिपाई राखेको ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित ई-रिक्शा चालक मेचीनगर नगरपालिका-१० बस्ने १९ वर्षीय सञ्जय दासलाई पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-१ भुटाहास्थितमा विराटनगरबाट कुल्हरियातर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००४ ह ४१३४ नम्बरको ई-रिक्शालाई चेकजाँच गर्दा २६ किलो ३३० ग्राम गाँजा फेला पारी सिटी सफारी चालक सोही स्थान बस्ने १९ वर्षीय विजय कुमार सरबरियालाई सिटी सफारी सहित नियन्त्रणमा लिइएको छ । त्यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-११ भुसकलुवास्थितमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका समीर विश्वकर्मालाई ट्रामाडोल १ हजार ६८० ट्याब्लेट र डाइसाइक्लोमाइन १ हजार ५७० ट्याब्लेट सहित र २४ वर्षीय आशिष सरदारलाई ट्रामाडोल ८० ट्याब्लेट र डाइसाइक्लोमाइन ४० ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी खनारले को २ ह ४९७२ नम्बरको अटोमा सवार धरान उप-महानगरपालिका-२० का २१ वर्षीया अञ्जली राईलाई १० किलो ३० ग्राम गाँजा सहित अटो चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का ५० वर्षीय विजय चौधरीलाई पक्राउ गरिएको छ भने अस्थायी प्रहरी चौकी नयाँ बसपार्कले धरान-५ देउरालीका २२ वर्षीय सूर्य लावतीलाई ट्रामाडोल १५० चक्की, डेकोलिक ५० चक्की र एन्जिन २५-  १०० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । उक्त घटनाहरू सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०५-०९

उदयपुर, झापा, सुनसरी र मोरङबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । भदौ ०८ गते झापाको अर्जुनधारा नगरपालिका-६ महानन्द चोकस्थितबाट इलाका प्रहरी कार्यालय अनारमनीले इलाम चुलाचुली नगरपालिका-१ का २१ वर्षीय सन्जोक लुइटेललाई १ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड नगरपालिका-४ का २४ वर्षीय अरबस अन्सारीलाई ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका-१ अन्नपूर्ण चोकस्थितमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय सुमित पौदारलाई १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मुसहरीटोलस्थितमा हातमा धारिलो हतियार तरवार बोकी स्थानीयलाई त्रसित बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले १८ वर्षीय मनोज मुसहर र जिल्ला सुनसरी रामधुनी नगरपालिका-५ हात्तिसारका ३० वर्षीय मनिराज राईलाई ट्रामाडोल-२१० पिस र नाईट्रोसन - ५० पिस प्रतिबन्धित औषधी र धारिलो हतियार तरवार सहित पक्राउ गरिएको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-०८

उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । उदयपुरको कटारी नगरपालिका-४ स्थितमा ना.७ ख ८१७३ नम्वरको टिपरबाट १ सय ९९ किलो ३२ ग्राम गाँजा  प्रहरीले बरामद गरेको छ । भदौ ८ गते राती विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले कटारी-४ मरुवा खोला स्थितमा बेतिनीबाट कटारी तर्फ आउदै गरेको  ना. ७ ख ८१७३ नम्वरको टिपरलाई रोकी चेकजाँच गर्दा टिपरको डालामा ९ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको अबस्थामा १ सय ९९ किलो ३२ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भए संगै टिपर र चालक  कटारी-४ का सोम मगरलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।  यसैगरी भदौ ०७ गते झापाको प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका-१ बनियाभिट्टा स्थितबाट कचनकवल गाउँपालिका-१ का २४ वर्षीय धिरेन केरुङ, २८ वर्षीय नानुङ लिम्बु, भद्रपुर नगरपालिका-४ का ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राईलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर र मे.३ प २३४१ नम्बरको मोटरसाइकल सहित, अस्थायी प्रहरी चौकी बुट्टाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का ३४ वर्षीय पदम चौधरीलाई २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानस्थित पूर्व-पश्चिम राजमार्गबाट धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का २८ वर्षीय चरन राईलाई ११ किलो १२० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको छ ।  

प्रहरी कार्यक्रम प्रसारण गर्न सुर्योदय टेलिभिजनसंग सम्झौता
२०८३-०५-०८

समाजमा शान्ति सुरक्षा सुदृढ बनाउने तथा आम नागरिकमा सचेतनाको कमिबाट हुने अपराधका घटनाहरुलाई न्यूनीकरण गर्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र सुर्योदय टेलिभिजन बिर्तामोड, झापाबीच "प्रहरी कार्यक्रम" प्रसारण गर्ने सम्झौता भएको छ । भदौ ६ गते बिर्तामोड स्थित सुर्योदय टेलिभिजनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना र सुर्योदय टेलिभिजनको तर्फबाट कर्पोरेट निर्देशक यम नाथ बिमली बीच सुर्योदय टेलिभिजनबाट प्रत्येक शुक्रबार बेलुकी ०६:३० बजे प्रहरी कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, स्थानीय तह तथा सञ्चार माध्यमहरूसँग निरन्तर सहकार्य गर्दै आईरको छ । यसै अभियान अन्तर्गत टेलिभिजन, रेडियो तथा डिजिटल माध्यमहरूबाट नियमित रूपमा प्रहरी कार्यक्रम मार्फत जनचेतनामूलक सामग्रीहरु प्रसारण हुँदा दुर दराज सम्म रहेका नागरिकहरुमा सचेतना अभिबृद्धि भई सुरक्षित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।साथै “प्रहरी कार्यक्रम”लाई अझ बढी परिष्कृत, उपयोगी र जनमुखी बनाउनका लागि यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको लागी कोशी प्रदेश प्रहरी हार्दिक अपेक्षा गर्दछ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०५-०७

झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । भदौ ०६ गते झापाको झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट इलाका प्रहरी कार्यालय कुमरखोदले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका-६ शिवगञ्जका २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मुर्मुलाई १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय सुरुङ्गाले कन्काई नगरपालिका-५का २२ वर्षीय सुमनराज प्रसाईं र ३० वर्षीय सिताराम तिवारीलाई २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र ३३ ग्राम ५४० मिलिग्राम गाँजा सहित र इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मे.३ प २८४४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-३ का २१ वर्षीय प्रदीप टुडु, पछाडी सवार २० वर्षीय सचिन दास र बिर्तामोड नगरपालिका-१० का २२ वर्षीय संजित राजवंशीलाई २ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकस्थित पूर्व-पश्चिम राजमार्गबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको संयुक्त टोलीले को २८ प १३५ नम्बरको मोटरसाइकल चालक धरान उप-महानगरपालिका-५ का ३३ वर्षीय प्रेमबहादुर विक र पछाडी सवार ४३ वर्षीय अर्जुन राईलाई ५ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका-७ रतनपुरस्थित रिस्कु–रतनपुर कच्ची सडकको छेउमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको बोराभित्रबाट ७ केलिग्राम गाँजा फेला पारेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-०६

झापा र मोरङबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । भदौ ०५ गते झापाको बिर्तामोड नगरपालिका-३ स्थीतबाट इलाका प्रहरी कार्यालय अनारमनीले भद्रपुर नगरपालिका-५ का २३ वर्षीय अर्जुन राजवंशीलाई १ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय घैलाडुब्बाले बिर्तामोड -८ सुनौलो बस्तीका ३० वर्षीय विवेक लिम्बुलाई १३० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी टाघनडुब्बाले झापा गाउँपालिका-४ चर्तागाछीबाट शिवसताक्षी गाउँपालिका-९का १७ वर्षीय गौरव चौधरीलाई ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर र नाइट्रोजन ट्याब्लेट १८ पिस प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले कानेपोखरी गाउँपालिका-७ स्थीतबाट पथरी शनिश्चरे नगरपालिका-७ का ३१ वर्षीय विवेक राईलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।