भरुवा बन्दुक सहित १ जना नियन्त्रणमा
२०८३-०२-३०
- A
- A-
- A+
संखुवासभाको पाँचखपन नगरपालिका-६ मगरटोल स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेठ २९ गते गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले पाँचखपन नगरपालिका-६ निवासी ३५ वर्षीय विनय मगरको घर छेउमा रहेको कागतीको झाडीमा लुकाईछिपाई राखेको अवस्थामा १ थान लोड गरिएको भरुवा बन्दुक बरामद गरे संगै मगरलाई नियन्त्रणमा लिएको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।