प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रदेश स्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२-१०-२५

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा निर्वाचन लक्षित  प्रदेश स्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माघ २५ गते नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय राजेन्द्र सिंह भण्डारीको प्रमुख आतिथ्यतामा निर्वाचन लक्षित सुरक्षा योजना, सुरक्षाको अवस्था, सुरक्षा तयारी तथा व्यवस्थापन सम्वन्धमा वैठक तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा प्रमुख अतिथि भण्डारीले वैठक तथा अन्तरकृयामा उठेका जिज्ञासाहरुको सम्वोधन गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको थियो । कार्यक्रममा कोशी प्रदेशको सुरक्षा व्यवस्था तथा निर्वाचन  तयारी सम्वन्धमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, सशस्र प्रहरी वल बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, पुर्वी पृतना हे.क्वा.इटहरीका महासेनानी नन्द बहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव आस्मान तामाङ, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, राष्ट्रिय अनुसन्धान विभाग कोशीका अनुसन्धान निर्देशक इन्द्र सिंह लामा, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, जिल्ला सुरक्षा समिति मोरङका पदाधिकारी  सहित सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
२ सय २५ किलोग्राम गाँजा सहित २ जना पक्राउ
२०८३-०१-०२

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न रहेका २ जनालाई पक्राउ गरिएको छ । वैशाख १ गते राती ९ बजे विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाकमुनी प्लास्टिको ९ वटा बोरामा बाँधी लुकाई छिपाई राखेको अवस्थामा २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न बराहक्षेत्र नगरपालिका-६ का बिशेस माझी र रोशन श्रेष्ठलाई को. ३० प ९४७५ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । गाँजा सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-३०

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २९ गते झापाको गौरीगंज गाउँपालिका- ३ स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका रोशन डोम र गौरादह- ८ का पुजन चौधरीलाई ४ सय ७० मिलिग्राम ब्राउन सुगर र ६ ग्राम ७८० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने गौरादह नगरपालिका- १ बाट इलाका प्रहरी कार्यालय गौरादहले सोहि स्थानका साने भन्ने सुरेन्द्र टुडु, सन्तोष ताजपुरिया र अर्पित थापालाई ३४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले मे. २ प ९८७९ नम्बरको मोटरसाईकल चालक मोरङ केराबारी- ५ का बिमल भन्ने खगेन्द्र मगरलाई ६ ग्राम ६५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-१२-२६

झापा र मोरङबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २५ गते झापाको कन्काई नगरपालिका- ३ स्थितमा चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङगाले ६ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षि नगरपालिका-१० का प्रदिप तामाङ, दमक- १ का विक्रम ढकाल र इलाम माईजोगमाई गाउँपालिका-५ की मेरी राईलाई नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले मेचीनगर-९ का आरएन राईलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी नगरपालिका-२ का बिनोद मगरलाई ८७० मिलिग्राम ब्राउन सुगर र चरेस १ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ ।  लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रहरी कार्यक्रम प्रसारण गर्न सम्झौता
२०८२-१२-२३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र हिमशिखर टेलिभिजन दमक, झापा विच प्रहरी कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ । चैत्र २३ गते कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरे र हिमशिखर टेलिभिजन दमक झापाको तर्फबाट व्यवस्थापक हरि कृष्ण न्यौपाने विच प्रत्येक हप्ताको सुक्रबार १७:०० बजे, पुन: प्रशारण शनिवार बिहान ०९:३० बजे र आइतबार १३:०० बजे नि:शुल्करुपमा प्रसारण गर्ने सम्झौता भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आम नागरिकमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यका साथ टेलिभिजन कार्यक्रम मार्फत सचेतनामुलक सामग्रीहरु सहित नेपाल टेलिभिजन इटहरी लगायत स्थानीय टेलिभिजनहरुसंगको सहकार्यमा निरन्तररुपमा प्रहरी कार्यक्रम प्रसारण गर्दै आईरहेको छ ।