प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा अर्धवार्षिक कार्य सम्पादन समिक्षा

२०८२-१०-१५

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुसंग भर्चुअल माध्यमद्धारा अर्धवार्षिक कार्य सम्पादनको समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । माघ १५ गते भएको समिक्षा कार्यक्रममा कार्य सम्पादन सम्झौता बमोजिम ६ महिनाको अवधिमा प्रहरी कार्यालयहरुद्वारा सम्पादन गरिएका कार्य प्रगति बिवरण सम्बन्धि समिक्षा भएको थियो । समिक्षामा प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट १४ वटै जिल्लाहरुको कार्यसम्पादनको तुलनात्मक प्रस्तुति गर्नु भएको थियो ।

‌* समिक्षा कार्यक्रममा Virtual माध्यमद्वारा उपस्थित जिल्ला प्रहरी प्रमुखहरुलाई प्रदेश प्रहरी प्रमुख घिमिरेले प्रहरी गस्तीलाई प्रभावकारी बनाउन, फरार प्रतिवादी पक्राउ, पेण्डिङ मुद्दा तथा चालु मुद्दाको फछर्यौट कार्यलाई प्रभावकारीरुपमा सम्पादन गरी लक्ष हासिल गर्न निर्देशन दिनु भएको छ ।

* निर्वाचन सुरक्षा योजना अनुरुप प्रहरी परिचालन, निर्वाचन आचार संहिताको पालना, छनौट भएका निर्वाचन प्रहरीहरुलाई आवश्यक तालिम तथा व्यवस्थापन, शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिको निगरानी तथा प्रहरी कारवाही, सिमा नाकाहरुमा प्रभावकारी चेकजाँचको व्यवस्था मिलाउने लगायतका विषयमा जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।

 


सम्बन्धित समाचार
२ सय २५ किलोग्राम गाँजा सहित २ जना पक्राउ
२०८३-०१-०२

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न रहेका २ जनालाई पक्राउ गरिएको छ । वैशाख १ गते राती ९ बजे विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाकमुनी प्लास्टिको ९ वटा बोरामा बाँधी लुकाई छिपाई राखेको अवस्थामा २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न बराहक्षेत्र नगरपालिका-६ का बिशेस माझी र रोशन श्रेष्ठलाई को. ३० प ९४७५ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । गाँजा सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-३०

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २९ गते झापाको गौरीगंज गाउँपालिका- ३ स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका रोशन डोम र गौरादह- ८ का पुजन चौधरीलाई ४ सय ७० मिलिग्राम ब्राउन सुगर र ६ ग्राम ७८० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने गौरादह नगरपालिका- १ बाट इलाका प्रहरी कार्यालय गौरादहले सोहि स्थानका साने भन्ने सुरेन्द्र टुडु, सन्तोष ताजपुरिया र अर्पित थापालाई ३४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले मे. २ प ९८७९ नम्बरको मोटरसाईकल चालक मोरङ केराबारी- ५ का बिमल भन्ने खगेन्द्र मगरलाई ६ ग्राम ६५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-१२-२६

झापा र मोरङबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २५ गते झापाको कन्काई नगरपालिका- ३ स्थितमा चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङगाले ६ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षि नगरपालिका-१० का प्रदिप तामाङ, दमक- १ का विक्रम ढकाल र इलाम माईजोगमाई गाउँपालिका-५ की मेरी राईलाई नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले मेचीनगर-९ का आरएन राईलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी नगरपालिका-२ का बिनोद मगरलाई ८७० मिलिग्राम ब्राउन सुगर र चरेस १ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ ।  लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रहरी कार्यक्रम प्रसारण गर्न सम्झौता
२०८२-१२-२३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र हिमशिखर टेलिभिजन दमक, झापा विच प्रहरी कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ । चैत्र २३ गते कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरे र हिमशिखर टेलिभिजन दमक झापाको तर्फबाट व्यवस्थापक हरि कृष्ण न्यौपाने विच प्रत्येक हप्ताको सुक्रबार १७:०० बजे, पुन: प्रशारण शनिवार बिहान ०९:३० बजे र आइतबार १३:०० बजे नि:शुल्करुपमा प्रसारण गर्ने सम्झौता भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आम नागरिकमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यका साथ टेलिभिजन कार्यक्रम मार्फत सचेतनामुलक सामग्रीहरु सहित नेपाल टेलिभिजन इटहरी लगायत स्थानीय टेलिभिजनहरुसंगको सहकार्यमा निरन्तररुपमा प्रहरी कार्यक्रम प्रसारण गर्दै आईरहेको छ ।