प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण, आपसी भाईचारा र सहयोगी भावनाका साथ नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन

२०८२-०८-१७

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर १७ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

वँहाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहेर कार्य गर्दै आईरहेको बताउदै आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न  प्रहरी कर्मचारीहरुलाई  निर्देशन दिनु भएको छ ।

जिल्लाका दुरदराजमा रहेका बस्तीहरुमा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ती परिचालन गर्न र चेतनाको कमीको कारण हुने घटना दुर्घटनालाई नियन्त्रण गर्न  सचेतनामुलक कार्यक्रमहरु प्रभावकारीरुपमा संचालन गर्न निर्देशन दिनुका साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनको लागी आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८३-०१-०३

सुनसरी र मोरङबाट लागू औषधमा संलग्न ३ जना पक्राउ परेका छन । वैशाख ०२ गते मोरङको इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले चेकजाँचको क्रममा विराटनगर-१५ स्थितबाट २० ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित काठमाडौं महानगरपालिका-२६ का सयल थापा मगरलाई नियन्त्रणमा लिएको छ । यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले बराहक्षेत्र नगरपालिका-३ स्थितबाट उदयपुर चौदण्डीगढी नगरपालिका- ६ का राज राई र खुसे राईलाई प्रतिबन्धित लागू औषध ट्रामाडोल १ हजार ६१० क्याप्सुल र नियन्त्रित औषधी स्पास्पेन १ हजार ६०९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय हरिनगराले इनरुवा नगरपालिका- १० स्थित सडक छेउमा रोकी राखेको को. १ च ३६११ नम्बरको कारबाट १५ किलो ६०० ग्राम गाँजा बरामद गरे संगै नियन्त्रणमा लिएको छ ।

अवकास प्राप्‍त प्रहरी वरिष्ठ नायव निरीक्षकको विदाई
२०८३-०१-०३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित एक कार्यक्रमका विच अवकास प्राप्‍त प्रहरी वरिष्ठ नायव निरीक्षक बिरेन्द्र कार्कीको बिदाई कार्यक्रम सम्पन्न भएको छ । वैशाख ३ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले ३० बर्ष सेवा अवधी पुरा गरी अनिवार्य अवकास हुनु भएका कार्कीलाई धन्यवाद तथा शुभकामना सहित बिदाई गर्नु भएको हो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीमा रहेर ३० बर्ष सेवा अभधिभर संगठनलाई कार्कीले पुर्याउनु भएको योग्दानको उच्च कदर गर्दै अवकास पश्चात पनि समाजमा शान्ति-सुरक्षा कायम राख्न बिना वर्दीको प्रहरीको रुपमा रहन आग्रह गर्नुका साथै व्यक्तिगत तथा सामाजिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभएको भएको छ । कार्यक्रममा अवकास हुनु भएका प्रहरी वरिष्ठ नायव निरीक्षक विरेन्द्र कार्कीले प्रहरी सेवामा रहँदाको जिम्मेवारी र अनुभव सहितको विदाई मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया सहित सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुका साथै प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

२ सय २५ किलोग्राम गाँजा सहित २ जना पक्राउ
२०८३-०१-०२

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न रहेका २ जनालाई पक्राउ गरिएको छ । वैशाख १ गते राती ९ बजे विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाकमुनी प्लास्टिको ९ वटा बोरामा बाँधी लुकाई छिपाई राखेको अवस्थामा २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न बराहक्षेत्र नगरपालिका-६ का बिशेस माझी र रोशन श्रेष्ठलाई को. ३० प ९४७५ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । गाँजा सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-३०

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २९ गते झापाको गौरीगंज गाउँपालिका- ३ स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका रोशन डोम र गौरादह- ८ का पुजन चौधरीलाई ४ सय ७० मिलिग्राम ब्राउन सुगर र ६ ग्राम ७८० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने गौरादह नगरपालिका- १ बाट इलाका प्रहरी कार्यालय गौरादहले सोहि स्थानका साने भन्ने सुरेन्द्र टुडु, सन्तोष ताजपुरिया र अर्पित थापालाई ३४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले मे. २ प ९८७९ नम्बरको मोटरसाईकल चालक मोरङ केराबारी- ५ का बिमल भन्ने खगेन्द्र मगरलाई ६ ग्राम ६५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।