प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक

२०८२-०४-२०

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । साउन २० गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक ईश्वर कार्कीले विभिन्न मितिमा मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानहरुबाट विद्युति ट्रान्सफर्मर चोरी भएका घटना तथा चोरीमा संलग्न व्यक्तिहरु, चोरीका समान खरिद गर्ने व्यक्तिहरु र चोरी गर्न प्रयोग भएका औजार सहितको घटना विवरण सार्वजनिकीकरण गर्नु भएको हो ।

जिल्लाका बिभिन्न स्थानहरुमा जडान गरिएको बिधुतिय ट्रान्सफर्मरहरु बिभिन्न मितिमा चोरी भएको भन्ने सुचना प्राप्त हुनासाथ प्रादेशिक अपराध अनुसन्धान समुह विराटनगर कोशी प्रदेशको नेतृत्वमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरु समेतबाट प्रहरी टोली परिचालन गरी ट्रान्सफर्मर भएको एरिया इलाकाहरुमा विशेष निगरानी बढाई संकास्पद स्थानहरुमा स्टिङ अपरेशन, Technical Analysis, सिसि टिभी निगरानी तथा चोरी भएका ट्रान्सफर्मरका सामग्रीहरु बिक्रि तथा खरिद गर्न सक्ने सम्भावित कवाडी पसल, भाँडा पसल तामा फ्याक्ट्रीहरुमा निगरानी तथा खानतलासी गर्दा चोरीमा संलग्न ७ जना व्यक्तिहरु र उक्त चोरीका सामग्री खरिद गर्ने ५ जनालाई ट्रान्सफर्मर चोरीमा प्रयोग भएका औजार, सवारी साधनहरु तथा ट्रान्सफर्मरमा प्रयोग भएका तामाको तारहरु सहित नियन्त्रणमा लिएको छ ।

बिभिन्न समुहहरु बनाई ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्तिहरुको खोजतलास तथा अनुसन्धानको क्रममा मोरङ ग्रामथान-का ४२ बर्षीय अर्जुन कुमार माझी, ग्रामथान- का ३१ बर्षीय इरज धामी, बेलबारी- का २७ बर्षीय रञ्जित तामाङ, बेलबारी- का २६ बर्षीय अर्जुन चौधरी, सुनसरी दुहवी-का ३५ बर्षीय अनुज विस्वास, दुहवी- का ३९ बर्षीय प्रयाग कुमार खाँ चौधरीभारत घर भई हाल दुहवी- स्थित ससुराली घरमा बस्दै आएक ३४ बर्षीय आलम मिँयालाई पक्राउ गरिएको हो भने चोरीको सामान खरिद गर्ने विराटनगर-का ५३ बर्षीय लक्ष्य प्रधान, विराटनगर- का ६२ बर्षीय कृष्ण गोपाल ताम्राकार, सुनसरी दुहबी-का ३२ बर्षीय योगेश अग्रवाल, दुहबी- का ३१ बर्षीय कपिल भट्टइटहरी- का ३९ बर्षीय सिताराम राईलाई उनिहरुले खरिद गरेको चोरीको सामग्री सहित नियन्त्रणमा लिएको थियो ।

 

प्रहरीले सुनसरीको इटहरी-१४ स्थित इरज धामीको डेरा कोठाबाट ७ किलोग्राम,  इटहरी-४ का सिताराम राईको भाडा पसलबाट ४७ किलोग्राम, इटहरी स्थित दिलिप चौधरीको कवाडी पसलबाट १२० किलोग्राम, मोरङ बुढीगंगा-३ स्थित बिनय साहको यस यस मेटल फ्याक्ट्रीबाट ११५ किलोग्राम,  बिराटनगर-६ का अजय साहको दुर्गा भाडा पसलबाट ६२ किलोग्राम, कृष्ण गोपाल ताम्राकारको मनकामना मेटल्स एण्ड सप्लायर्सबाट १७ किलोग्राम, लक्ष प्रधानको कवाडी पसलबाट ५२० ग्राम  ट्रान्सफर्मरमा प्रयोग हुने तामाको तार बरामद गरेको थियो भने चोरीमा संलग्न व्यक्तिहरुबाट बिभिन्न साइजका डायल रेन्च थान २२ थान, सलाई रेन्च ३ थान, पिलास ३ थान, पेचकस ३ थान, छिनो १ थान, साङली १ थान, कैची १ थान, ह्याक्सो बिलेट ३ थान, खन्ती १ थान, व्याट्री सहितको इलेकट्रिक ग्रेन्डर १ थान, झम्पल १ थान र उनिहरुले प्रयोग गरेका को. १ च ७७२९ नम्वरको पिकप गाडी १ थान, बिभिन्न कम्पनीको ५ थान मोटरसाइकल र १२ थान मोवायल समेत बरामद गरेको थियो । उक्त समुहले मोरङको विभिन्न स्थानबाट  ८ थान, सुनसरीबाट १२ थान र झापाबाट २ थान ट्रान्सफर्मर चोरी गरेका थिए ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख कार्कीले कोशी प्रदेश प्रहरी कार्यालयले १ बर्षको अवधिमा  गरेका सफल अनुसन्धान, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएका गतिविधि लगायत  प्रहरीले गरेका नविनतम कार्यहरुको वार्षिक कार्य प्रगति विवरण समेतको सार्वजनिकिकरण गर्नु भएको थियो ।

सम्बन्धित समाचार
लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-१०

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ६ जनालाई पक्राउ गरिएको छ । भदौ ०९ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थितमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-००२ ह ९०८३ नम्बरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्दा ई-रिक्शाको ह्यान्डलभित्र लुकाई छिपाई राखेको ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित ई-रिक्शा चालक मेचीनगर नगरपालिका-१० बस्ने १९ वर्षीय सञ्जय दासलाई पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-१ भुटाहास्थितमा विराटनगरबाट कुल्हरियातर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००४ ह ४१३४ नम्बरको ई-रिक्शालाई चेकजाँच गर्दा २६ किलो ३३० ग्राम गाँजा फेला पारी सिटी सफारी चालक सोही स्थान बस्ने १९ वर्षीय विजय कुमार सरबरियालाई सिटी सफारी सहित नियन्त्रणमा लिइएको छ । त्यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-११ भुसकलुवास्थितमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका समीर विश्वकर्मालाई ट्रामाडोल १ हजार ६८० ट्याब्लेट र डाइसाइक्लोमाइन १ हजार ५७० ट्याब्लेट सहित र २४ वर्षीय आशिष सरदारलाई ट्रामाडोल ८० ट्याब्लेट र डाइसाइक्लोमाइन ४० ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी खनारले को २ ह ४९७२ नम्बरको अटोमा सवार धरान उप-महानगरपालिका-२० का २१ वर्षीया अञ्जली राईलाई १० किलो ३० ग्राम गाँजा सहित अटो चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का ५० वर्षीय विजय चौधरीलाई पक्राउ गरिएको छ भने अस्थायी प्रहरी चौकी नयाँ बसपार्कले धरान-५ देउरालीका २२ वर्षीय सूर्य लावतीलाई ट्रामाडोल १५० चक्की, डेकोलिक ५० चक्की र एन्जिन २५-  १०० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । उक्त घटनाहरू सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०५-०९

उदयपुर, झापा, सुनसरी र मोरङबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । भदौ ०८ गते झापाको अर्जुनधारा नगरपालिका-६ महानन्द चोकस्थितबाट इलाका प्रहरी कार्यालय अनारमनीले इलाम चुलाचुली नगरपालिका-१ का २१ वर्षीय सन्जोक लुइटेललाई १ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड नगरपालिका-४ का २४ वर्षीय अरबस अन्सारीलाई ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका-१ अन्नपूर्ण चोकस्थितमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय सुमित पौदारलाई १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मुसहरीटोलस्थितमा हातमा धारिलो हतियार तरवार बोकी स्थानीयलाई त्रसित बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले १८ वर्षीय मनोज मुसहर र जिल्ला सुनसरी रामधुनी नगरपालिका-५ हात्तिसारका ३० वर्षीय मनिराज राईलाई ट्रामाडोल-२१० पिस र नाईट्रोसन - ५० पिस प्रतिबन्धित औषधी र धारिलो हतियार तरवार सहित पक्राउ गरिएको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-०८

उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । उदयपुरको कटारी नगरपालिका-४ स्थितमा ना.७ ख ८१७३ नम्वरको टिपरबाट १ सय ९९ किलो ३२ ग्राम गाँजा  प्रहरीले बरामद गरेको छ । भदौ ८ गते राती विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले कटारी-४ मरुवा खोला स्थितमा बेतिनीबाट कटारी तर्फ आउदै गरेको  ना. ७ ख ८१७३ नम्वरको टिपरलाई रोकी चेकजाँच गर्दा टिपरको डालामा ९ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको अबस्थामा १ सय ९९ किलो ३२ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भए संगै टिपर र चालक  कटारी-४ का सोम मगरलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।  यसैगरी भदौ ०७ गते झापाको प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका-१ बनियाभिट्टा स्थितबाट कचनकवल गाउँपालिका-१ का २४ वर्षीय धिरेन केरुङ, २८ वर्षीय नानुङ लिम्बु, भद्रपुर नगरपालिका-४ का ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राईलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर र मे.३ प २३४१ नम्बरको मोटरसाइकल सहित, अस्थायी प्रहरी चौकी बुट्टाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का ३४ वर्षीय पदम चौधरीलाई २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानस्थित पूर्व-पश्चिम राजमार्गबाट धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का २८ वर्षीय चरन राईलाई ११ किलो १२० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको छ ।  

प्रहरी कार्यक्रम प्रसारण गर्न सुर्योदय टेलिभिजनसंग सम्झौता
२०८३-०५-०८

समाजमा शान्ति सुरक्षा सुदृढ बनाउने तथा आम नागरिकमा सचेतनाको कमिबाट हुने अपराधका घटनाहरुलाई न्यूनीकरण गर्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र सुर्योदय टेलिभिजन बिर्तामोड, झापाबीच "प्रहरी कार्यक्रम" प्रसारण गर्ने सम्झौता भएको छ । भदौ ६ गते बिर्तामोड स्थित सुर्योदय टेलिभिजनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना र सुर्योदय टेलिभिजनको तर्फबाट कर्पोरेट निर्देशक यम नाथ बिमली बीच सुर्योदय टेलिभिजनबाट प्रत्येक शुक्रबार बेलुकी ०६:३० बजे प्रहरी कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, स्थानीय तह तथा सञ्चार माध्यमहरूसँग निरन्तर सहकार्य गर्दै आईरको छ । यसै अभियान अन्तर्गत टेलिभिजन, रेडियो तथा डिजिटल माध्यमहरूबाट नियमित रूपमा प्रहरी कार्यक्रम मार्फत जनचेतनामूलक सामग्रीहरु प्रसारण हुँदा दुर दराज सम्म रहेका नागरिकहरुमा सचेतना अभिबृद्धि भई सुरक्षित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।साथै “प्रहरी कार्यक्रम”लाई अझ बढी परिष्कृत, उपयोगी र जनमुखी बनाउनका लागि यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको लागी कोशी प्रदेश प्रहरी हार्दिक अपेक्षा गर्दछ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०५-०७

झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । भदौ ०६ गते झापाको झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट इलाका प्रहरी कार्यालय कुमरखोदले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका-६ शिवगञ्जका २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मुर्मुलाई १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय सुरुङ्गाले कन्काई नगरपालिका-५का २२ वर्षीय सुमनराज प्रसाईं र ३० वर्षीय सिताराम तिवारीलाई २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र ३३ ग्राम ५४० मिलिग्राम गाँजा सहित र इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मे.३ प २८४४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-३ का २१ वर्षीय प्रदीप टुडु, पछाडी सवार २० वर्षीय सचिन दास र बिर्तामोड नगरपालिका-१० का २२ वर्षीय संजित राजवंशीलाई २ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकस्थित पूर्व-पश्चिम राजमार्गबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको संयुक्त टोलीले को २८ प १३५ नम्बरको मोटरसाइकल चालक धरान उप-महानगरपालिका-५ का ३३ वर्षीय प्रेमबहादुर विक र पछाडी सवार ४३ वर्षीय अर्जुन राईलाई ५ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका-७ रतनपुरस्थित रिस्कु–रतनपुर कच्ची सडकको छेउमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको बोराभित्रबाट ७ केलिग्राम गाँजा फेला पारेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-०६

झापा र मोरङबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । भदौ ०५ गते झापाको बिर्तामोड नगरपालिका-३ स्थीतबाट इलाका प्रहरी कार्यालय अनारमनीले भद्रपुर नगरपालिका-५ का २३ वर्षीय अर्जुन राजवंशीलाई १ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय घैलाडुब्बाले बिर्तामोड -८ सुनौलो बस्तीका ३० वर्षीय विवेक लिम्बुलाई १३० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी टाघनडुब्बाले झापा गाउँपालिका-४ चर्तागाछीबाट शिवसताक्षी गाउँपालिका-९का १७ वर्षीय गौरव चौधरीलाई ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर र नाइट्रोजन ट्याब्लेट १८ पिस प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले कानेपोखरी गाउँपालिका-७ स्थीतबाट पथरी शनिश्चरे नगरपालिका-७ का ३१ वर्षीय विवेक राईलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।